प्र. अ. यादवमाथि दिवा खाजाको रकममा अनियमितता गरेको आरोप

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट, १४ माघ । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर ७ पिपरा राजवाड़ा लौकहामा रहेको प्रतीक विद्यालयको शिक्षा अवस्था लगायत व्यवस्थापनको अवस्था लथालिङ्ग बाहिरिएको छ । मधेश प्रदेश रौतहटको शिक्षाको अवस्था निकै कमजोर भएको तथ्यांक देखिएको अवस्थामा पनि जिम्मेवार व्यक्ति स्थानीय सरकारले अवस्था सुधार गर्ने तरफ सक्रीय नहुँदा शिक्षाको अवस्था दिन प्रति दिन खस्किँदै गएको सर्वादितै छ ।

देशको भविष्य बालबालिकाको भविष्य निर्धारण गर्ने प्राथमिक विद्यालयमा प्राध्यानध्यापकको गैरजिम्मेवारी र विद्यालय व्यवस्थापन समितिको निष्क्रियताको कारण नेकपा एसका नेत्री एवं पूर्व सांसद शरला यादवको गाउ कै विद्यालयमा शिक्षाको अवस्था जर्जर देखिएको हो ।

विद्यालयमा प्राध्यानध्यापकको रुपमा राज किशोर प्रसाद यादव आए देखि विद्यालयमा शिक्षाको गुणस्तर र आर्थिक अनियमितता बढेको स्थानीय देवेन्द्र पंडितले आरोप लगाएका छन । कम्पाउंड वाल नरहेको विद्यालयमा अध्यन गर्ने बालबालिकाको संख्या भौतिक रुपमा न्यून हुदै गएको छ । विद्यालयको तथ्यांकमा ४ सय बिद्यार्थी संख्या देखिए पनि भौतिक रुपमा ५० को संख्यामा उपस्थति देखिने गरेको उहाले बताए । विद्यालयमा शुद्ध खानेपानीको आभाव रहेको छ भने निर्माण गरिएको शौचालय पनि प्रयोग विहीन रहेको र फोहोरले भरेका देखिएको छ ।

कक्षा ५ सम्म सञ्चालन हुदै आएको विद्यालयमा आइतवार संचारकर्मीको टोली पुग्दा कक्षा ४ मा ५ जना तथा कक्षा ५ मा ४ जना विद्यार्थी विना पोशाकको उपस्थित देखिएको थियो । फोहर नै फोहर भएको शौचालय ,आर्सेनिक युक्त हैंडपाइप देखिएको विद्यालयमा प्राध्यानध्यापक आफै विना पोशाकको उपस्थित रहेको थियो । शिक्षक शिक्षिका र विधार्थी शौच गर्न खुल्ला ठाउमा जाने गरेको प्राध्यानध्यापक यादवले स्वीकार समेत गरेको छ । शौचालयको सर सफाई किन गराउनु हुन्न भने बिषयमा प्रश्न गर्दा प्राध्यानध्यापक यादवले यो विषय व्यवस्थापन समितिको रहेको जवाव फर्काएका छन । अनुपस्थित भएको विद्यार्थीलाइ उपस्थित भएको हाजिरी प्रमाणित गरेर दिवा खाजाको रकम ६ लाख २८ हजार प्राध्यानध्यापक यादवले अनियमितता गरेको र हिसाव माग्दा आलटाल गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य वीरेन्द्र कुमार साहले आरोप लगाएका छन ।

दिवा खाजाको रकमको हिसाव सार्वजानिक गर्न भन्दा प्र अ यादवले अभिभावक भेला गराउन नमानेको भनाइ साहको रहेको छ । कार्यालय सञ्चालन , विविध खर्चको नाउमा विद्यालयका प्राध्यानध्यापक यादवले रकम अनियमिता गरेको दावी साहको रहेको छ । वड़ा अध्यक्ष प्रत्यासी हृदय नारायण साहले बिद्यालयको अवस्था ख़राब गर्नुमा प्राध्यानध्यापक यादवको अहम् भूमिका रहेको टिपण्णी गरेका छन । उनले कहिले अभिभावकलाइ विद्यालयमा नबोलाउने , खर्च सार्वजानिक गर्न भन्दा नगर्ने , विद्यार्थीको पठन पठनमा ध्यान नदिने , समयमा विद्यालय नआउने बताए ।

विद्यालयमा राजनितिक हस्तक्षेप बढ़ी रहेको प्राध्यानध्यापक यादवको जिकिर रहेको छ । काम गर्न खोज्दा राजनितिक दवावको कारण गर्न सकिने अवस्था नरहेको उहाको भनाइ रहेको छ । बाल विकासमा कार्यरत रहेकि शिक्षिका अनीता कुमारी महतो , सुगन्धि कुमारी यादवले १ वर्ष देखि तलब सुबिधा पाएको छैन । अनीता कुमारी यादव कुन आधारले विद्यालयमा अध्यन गराउन आउने गरेको बारे केहि जानकारी नरहेको प्राध्यानध्यापक यादवले बताए । तलब कहा बाट दिने भनी सोधिएको प्रश्नमा प्राध्यानध्यापक यादवले भने वड़ा कार्यालयबाट तलब पाउने छ विद्यालयबाट दिन मिल्दैन भने ।
१ वर्ष देखि तलव नपाएको गुनासो शिक्षिकाहरुको रहेको छ । शिक्षिकाको विषयमा जानकारी लिदा न्युक्ति नै नभएकोले नगरपालिकाबाट तलव सुबिधा दिन नमिल्ने नगर प्रमुख बैजनाथ यादवले बताए विद्यालयको जग्गा व्यवस्थापनको लागि पटक पटक आग्रह गर्दा पनि सम्वन्धित वड़ा अध्यक्ष , विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कुनै सक्रियता नदेखाएकोले विद्यालयमा कम्पाउंड वाल गर्न नसकिएको उहाले बताए ।

व्यवस्थापन समितिका अध्यक्ष राम इजोत महतोले हिसाव किताबमा विबाद भएकोले अभिभावक भेला गर्न नसकिएको जिकिर गरे । शौचालयमा पानीको व्यवस्था नभएकोले प्रयोग विहीन भएको बताउँदै पानीको व्यवस्थापन गर्न र सर सफाई गर्न प्राध्यानध्यापकलाइ पटक पटक भन्दा केहि वास्ता नगरेको महतोले जनाए ।
पूर्वाधारको दृस्टिकोणले पिछडिएको सो बिद्यालयको सुधारको लागि स्थानीय जनप्रतिनिधिले चासो नदेखाए गरीव , असहाय र माध्यम बर्ग समुदायका बालबालिकाको भविष्य अंधकारमा फस्दै जाने अवस्था रहेको छ । विद्यालय प्रति कुनै चासो नराख्ने प्राध्यानध्यापक यादवले हटाउनु पर्ने अवस्था रहेको निष्कर्ष स्थानीय अभिभावकहरुको रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय