घण्टाघरमा मधेसी सहिदको शालिक स्थापना हेतु ज्ञापनपत्र मेयर शम्भुलाई बुझाइयो

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२९ माघ।रौतहटको सदरमुकाम गौरमा निर्माणाधीन घण्टा घरमा मधेसी सहिदको सालिक  स्थापना गर्नुलाई गौर नगरपालिका मेयर शम्भु साहलाई जसपा नेपालको जनवर्गीय संगठनले ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको हो।

  • जनता समाजवादी पार्टी नेपाल रौतहटको जनवर्गीय संगठन समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले संयुक्तरूपमा गौर नगरपालिकाको स्वामित्व बनिसकेको घणटघरमा मधेसी सहिदहरुको शालिक स्थापना गराउन माग सहित ज्ञापनपत्र बुझाइएको छ।

२०७२ साल मा भएको मधेसी आन्दोलन को क्रममा सहादत प्राप्त गरेका स्व. राजकुशोर ठाकुर,शेख तवरेज आलम,शेख मैनुदिन र विद्यानन्द यादवको शालिक निर्माण गर्न माग गरिएको छ ।मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका शहिदहरुलाई मधेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत गद्दीले सहिद घोषणा गरि सहयोग राशी समेत प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउदै गरेको छ।

युवा संघ नेपाल रौतहटको अध्यक्ष पुन प्रताप पटेल र विद्यार्थी युनियनका केन्द्रिय सचीव ललन यादवले मधेसी सहिदका शालिक स्थापना को लागि माग गरिएको प्रती हाम्रो पनि समर्थन रहेको मेयर शम्भु साहले बताए।आउदो हफ्तामा सर्वदलीय बैठक आह्वान गरेर सर्वसहमतिबाट मधेसी सहिदको शालिक स्थापना गराउने प्रतिबद्ध रहेको बुझिएको हो।समाजवादी दलित संघ नेपाल रौतहटको अध्यक्ष उदयनारायण राम लगायत पत्रकारहरुको उपस्तिथि रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय