अरविन्द कुमार यादव
रौतहट ,११ फाल्गुन । रौतहट जिल्लाको राजपुर नगरपालिका अन्तर्गतका जिल्ला मै पहिलो पटक किशोरी क्रीकेट टुर्नामेन्ट खेलको उदघाटन राजपुर न.पा का नगर उप प्रमुख जमिला असगरी र प्रमुख प्रशासकिय अधिकृत खुर्सैद आलम ज्युले उदघाटन गर्नु भएका छ्न ।
इस्लामिक रिलिफ क्यानाडाको आर्थिक सहयोग, इस्लामिक रिलोफ नेपालको प्राविधिक सहयोगमा र ग्रामिण बिकास केन्द्र नेपाल (RDC) तथा राजपुर नगरपालिकाको समन्वयमा राजपुर नगरपालिकामा आयोजना गरिएको पहिलो चोटि किशोरी क्रीकेट प्रतियोगिता शुरु भएको कुरा उप प्रमुख जमिला असगरी ज्युले बताउनु भएक छ्न ।
अब राजपुर नगरपालिकाका इच्छुक किशोरी बहिनिहरु अब जिल्ला स्तरिय प्रदेश स्तरिय क्रीकेट खेलमा सहभागी हुन सक्ने लक्ष्री लिई उक्त क्रीकेट खेलको आयोजना गरिएको कुरा प्रमुख प्रशासकिय अधिकृत खुर्सैद आलम ज्युले बताउनु भएका छ्न ।