अरविन्द कुमार यादव
गौर,११ फाल्गुन । मधेश सरकार लयाएको स्थानीय सेवा ऐन २०८१ तथा सेवा गठन बिधेयकमा टुटी सच्याउन शिक्षा मन्त्री माननिय रानी शर्मा तिवारीलाइ ज्ञापनपत्र बुझाइएको छ।
मधेश प्रदेशको स्थानीय सेवा ऐन २०८१ केही त्रुटी भएको हुनाले सिअहेव/सिअनमी पाँचौ हरुको वृद्धि बिकासमा असर परेको हुनाले त्रुटी सन्शोधन गराउनको निम्ति मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्री माननिय रानी शर्मा तिवारीलाइ रौतहट सि अहेव सि अनमी संघर्ष समितिद्वारा ध्यानाकर्षण पत्र बुझाइएको हो।
रौतहटमा मौलापुर नगरपालिकाद्वारा आयोजना गरिएको मधानी महोत्वको उद्घाटन गर्न आउनु भएका मन्त्री रानी शर्मा तिबारीलाई बुझाइएको पत्रमा उल्लेख्य गरिएको छ।