रिन्कु सदालाई न्याय दिलाउन रौतहटमा प्रदर्सन ,ज्ञापनपत्र बुझाइयो

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,१२ फाल्गुन ।रौतहटमा दलित समुदायको अगुवा नेताहरुद्वारा रिन्कु सदालाई न्याय दिलाउन जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो।गौर नगरपरिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय रौतहटको सहाय प्रमुख जिल्ला अधिकारी नरेश यादवलाई दलित संघर्ष समिति रौतहटको अध्यक्ष सोनेलाल रामको अगुवाइमा सदामाथी भएको अत्याचार बारे सरकारलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षणको लागि ज्ञापनपत्र बुझाइएको समाजवादी दलित संघ नेपाल रौतहटको अध्यक्ष उदय नारायण रामले बताए।

गृहमन्त्री राजिनामा दे,मधेश सरकार मुर्दावाद,रिन्कु सदालाई न्याय दे जस्ता नारा लगाउदै दलित महिला पुरुष लगायतका टोलीले नगर प्रदर्शन गरेका छन् ।रिन्कु सदालाई सामुहिक बलात्कार भएपछि गाउँ घरमै पंचायतीबाट न्याय दिएपछि मृत्यु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय