एमालेमा युवा- महिलालाई पार्टी प्रति आकर्शित गराउन केन्द्रीय सदस्य गुप्ताको जाेड

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

राैतहट,१७ फाल्गुन ।नेकपा एमाले केन्द्रीय सदस्य तथा राैतहट जिल्ला ईन्चार्य अजय कुमार गुप्ताले वडा केन्द्रीत भेलालाई जनताकाे बिचमा लगि युवा- महिलालाई पार्टी प्रति आकर्शित गराउन जाेड दिएका छन । ३ महिने वडा केन्द्रीत भेला अन्तर गत राैतहट क्षेत्र नम्बर १ काे गाैरमा भएको अगुवा कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रुपमा सम्बाेधन गर्दै साे कुरा बताएका हुन ।पार्टीका अगुवा कार्यकर्तालाई रियल राजनिती गर्न सुझाव दिदै टाईम पासका लागि राजनितिमा नलाग्न केन्द्रीय सदस्य गुप्ताले आग्रह गरेका छन।
राैतहटमा एमाले जतिको संगठिन पाट्री अरु कुनै नभएको दाबी गर्दै जिल्ला ईन्चार्ज समेत रहेका गुप्ताले हाम्रो यस संगठनको शक्तिलाई संमझेर अझै सश्सक्त संगठन निर्माण अभियानमा याेगदान गर्न आग्रह गर्दै निस्कृयलाई परिमार्जन

गरि सकृयलाई भुमिकामा ल्याउन सुझाव दिएका छन । जिल्लाको सबै वडा ,गापा र नगर वाहेक आवश्यकता परे टाेल टाेलमा भव्यताका साथ भेला गरि आम जन समुदायलाई पार्टिमा संगठित हुने अवसर प्रदान गर्न उनले सुझाव दिएका छन ।

केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १का ईन्चार्य रेखा कुमारी झा राष्ट्रिय अधिवेशनमा तयार रहन र वडा केन्द्रीत अभियानलाई सदस्यता विस्तारमा फाेक्स गर्न आग्रह गरेका छन । क्षेत्रिय अध्यक्ष जमिल अख्तर मन्सुरीको अध्यक्षतामा भएको साे अगुवा कार्यकर्ता भेलामा
केन्द्रीय लेखा समिति सदस्य राजकिशाेर यादव , मधेस प्रदेस कमिटी सदस्य राम किशाेर महताे, रामपुकार दास ,श्यामसुन्दर पटेल , मिथिलेस यादव जिल्ला अध्यक्ष सचितानन्द साह , जिल्ला सचिव बाबुराम दहाल सहितका वक्ता ले वडा तहको अभियान राैतहटमा पुर्ण रुपले सफल हुने कुरामा प्रतिवद्वता व्यक्त गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय