सिम्रौनगढ नगरपालिकाको कार्यालय प्रमुख हरिओम जैसवालको कार्यकाल आ ब ०७७/०७८ मा करोड बेरुजु , दिवा खाजा मै ३ करोड भन्दा बढी भ्रष्टाचार

पछिल्लाे समाचार

कलैया, बैशाख १०। सिम्रौनगढ नगरपालिकाको आ ब ०७७/०७८ मा रु १२ करोड १५ लाख ९२ हजार रुपैयाँ बेरुजु रहेको महालेखापरिक्षकको कार्यालयको प्रतिबेदनमा उल्लेख गरिएको छ । सिम्रौनगढ नगरपालिकामा मिति २०७७ साउन १ गते देखि जिम्मेवारी पाएको अधिकृत जैसवालको कार्यकालमा सो बेरुजु रकम असुल उपर गर्नुपर्ने हुन्छ ।

तर सिम्रौनगढ नगरपालिकामा चार पटक विभिन्न समयमा कार्यालय प्रमुखको जिम्मेवारी बोकेका अधिकृत जैसवालले सो रकम असुल उपर गर्न तदारुकता देखाएको छैन । आ ब ०७७ /०७८ मा नगरपालिकाले महालेखापरिक्षक बाट स्वीकृत नेपाल सार्वजनिक क्षे लेखामानको ढांचा प्रयोग गरि बितिय बिबरण तयार नगरिएको महालेखाको प्रतिबेदनले ठहर गरेको छ । यसैगरी गत बर्ष ०७६/०७७ मा समेत रु १४ करोड ९८ लाख १९ हजार बेरुजु समेत आ ब ०७७/ ० ७८ मा कायम गरि हालसम्मको अधावधिक बेरुजु रु २७ करोड १४ लाख ११ हजार रहेको छ । नगरपालिकाको लेखापरीक्षण बाट श्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्पुर्वक नभएको ,असुली लक्ष्य अनुसार नभएको ,कर्मचारीको दरबन्दी अनुसार पदपूर्ति नभएका कारण बिकास निर्माण र सेवा प्रवाहमा प्रभावकारीता नभएको , अनुदानको प्रयाप्त अनुगमन नभएको कारण महालेखापरिक्षकको प्रतिबेदनलेऔलाएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले शिक्षा तर्फ सामुदायिक बिधालयको दिवा खाजाको लागि आ ब ०७७/०७८ को मंसिर महिनामा २८ दिनको ३० बिधालयको८१३८ बिद्यार्थीलाई रु १५ का दरले दिवा खाजाको रकम भुक्तानी गरिएको छ । महिनामा २८ दिन बिधालय संचालन हुन सक्ने आधार नदेखिएकोले बढी निकासा रकम रु ३ करोड ४१ लाख ७ हजार ९६० रुपैयाँ असुल गर्नुपर्ने महालेखापरिक्षकको प्रतिबेदनले जनाएको छ । यसरी सिम्रौनगढ नगरपालिकामा सामुदायिक बिधालयमा २८ दिन सम्मको बिद्यार्थी उपस्थिति फर्जी बनाई करोडौं रकम भ्रष्टाचार गर्ने प्रशासकीय अधिकृत हरिओम जैसवाल , बिधालयका प्रधानाध्यापकलाई कार्वाही गर्नुपर्ने देखिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय