राजपुर–४ मा अधुरो कब्रीस्तान कम्पाउण्डवाल निर्माण कार्यको शिलान्यास

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट जिल्लाको राजपुर नगरपालिका–४ मा अवस्थित अधुरो कब्रीस्तान कम्पाउण्डवालको निर्माण कार्यको शिलान्यास सोमबार जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसैद आलमले  गरेका छन्।

कब्रीस्तानको संरचना निर्माणका लागि करिब २५ लाख रुपैयाँको बजेट पर्यटन कार्यालयमार्फत विनियोजन गरिएको जनाइएको छ। युवा नेता शेख नसिमले बजेटबारे जानकारी दिएका थिए। परियोजना कार्यान्वयनको जिम्मेवारी उपभोक्ता समितिलाई दिइएको छ भने समितिको नेतृत्व मन्सारुल देवानले गरिरहेका छन्।

शिलान्यास कार्यक्रमको प्रमुख अतिथि इन्चार्ज  आलमले सम्बोधन गर्दै राजपुर–४ का जनताको दीर्घकालीन माग तथा समस्याहरूलाई ध्यानमा राख्दै कब्रीस्तानको संरचना निर्माण कार्य थालिएको बताए। उनले कब्रीस्तानलाई व्यवस्थित तथा सुरक्षित बनाउन कम्पाउण्डवालको निर्माण आवश्यक भएको उल्लेख गरे।

स्थानीय बासिन्दाहरूले कब्रीस्तान कम्पाउण्डवाल निर्माण कार्य सुरु भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथिलाई धन्यवाद दिएका छन्।

शिलान्यास कार्यक्रममा राजपुर नगरपालिकाका पूर्व इन्चार्ज शेख फेराज, जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमदैद, राजपुर नगरपालिकाका पूर्व नगरप्रमुख शेख सकिल अख्तर, समाजसेवी बसिर खान, शेख सहुप, उपमेयर पदकी उम्मेदवार शेख सहिना, मो. रहमतुल्लाह लगायत उपभोक्ता समिति सदस्यहरू, पार्टी कार्यकर्ता, स्थानीय समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय