ठूला बोर्ड, शून्य प्रमाणपत्र: बौधिमाईमा फर्जी हस्पिटल फस्टाउँदै

पछिल्लाे समाचार

रौतहट ,३० बैशबौधिमाई नगरपालिकामा सञ्चालनमा रहेका अधिकांश स्वास्थ्य संस्थाहरू बिना दर्ता, बिना योग्य चिकित्सक र कानुनी मान्यता विना सञ्चालन भइरहेको पाइएको छ। ती संस्थाहरूले आफूलाई ‘अस्पताल’ भन्दै ठूला-ठूला होर्डिङ बोर्ड टाँसेका छन् र सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्दै आएका छन्।

स्थानीय तहको स्वास्थ्य नियमनको अभावमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा गम्भीर लापरवाही हुँदै आएको छ। कतिपय संस्थामा बिना कुनै रजिस्ट्रेसन तथा शैक्षिक योग्यता नभएका व्यक्ति ‘डाक्टर’को नाममा विरामीको उपचारमा खटिएको पुष्टि भएको छ।

बौधिमाई नगरपालिकाको स्वास्थ्य शाखाले करिब दुई महिनाअघि यस्ता अवैध र त्रुटिपूर्ण अस्पतालहरूको नाम सार्वजनिक गर्दै आफ्नो आधिकारिक फेसबुक पेजमा जानकारी राखे पनि त्यसपछि कुनै ठोस कारबाही अगाडि बढाएको देखिएको छैन।

यसैबीच, अवैध अस्पतालहरूले जनताको स्वास्थ्य, समय र पैसासँग खेलबाड गरिरहँदा स्थानीय स्वास्थ्य निकायदेखि सम्बन्धित सरकारी तहहरूसम्म मौन देखिएका छन्। यसले नगरवासीहरूलाई थप स्वास्थ्य जोखिममा पारेको छ।

स्थानीयहरू यस्ता अवैध स्वास्थ्य संस्थामाथि निगरानी बढाउन र प्रभावकारी नियमन गर्न नगरपालिका र स्वास्थ्य मन्त्रालयसँग माग गरिरहेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय