धनुषा ,११ श्रावण ।जनता समाजवादी पार्टी, नेपालको भातृसंगठन समाजवादी युवा संघ, नेपालको आजको बिशेष बिरोध प्रदर्शन सहितको प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन।
प्रस्तुत बिषयमा समाजवादी युवा संघ, नेपालको तर्फबाट बिभिन्न जनसरोकारका बिषयबस्तु एवं मुद्दाहरूप्रति तपाईंको र तपाईंमार्फत अन्य मन्त्रीज्युहरूको गम्भिररूपमै ध्यानाकर्षण गराउन चाहन्छौं।
मधेश र मधेशी विगत बर्षौंदेखि राज्यबाट नै बिभेदित, अपमानित र पिडित क्षेत्र र समुदाय हो। सामाजिक, आर्थिक र राजनितिक समावेशीका लागि बिभिन्न समयकालमा संघर्ष गर्दै मधेश जनविद्रोह २०६३को बलिदानी रूपि संघर्षबाट राजनिति रूपमा केहि अधिकार सम्पन्न भयौं जसको एउटा उपलब्धि मधेश प्रदेश बन्नु र यहाको समुदायको आफ्नो सरकार बन्नु पनि हो। यति सम्म आइपुग्दा पनि अन्य अझै धेरै प्रकारका राजनितिक, सामाजिक र आर्थिक बिभेदहरू बिद्यमान नै छन जसलाई संयुक्तरूपमै संघर्ष गर्दै प्राप्त गर्नु पर्छ, जसमा प्रदेश सरकारको अब मुख्य भुमिका हुनै पर्छ। प्रदेश सरकार मधेशी जनताको सरकार हो भनि भावना र कर्तव्यका साथ संचालन हुनु पर्छ।
यस प्रदेश सरकार समक्ष हाम्रा केहि जनसरोकारका बिषय र मुद्दाहरू प्रति सरकारको ध्यानाकर्षण गराउँन चाहन्छौं।
हाम्रा मुद्दा र बिषय:
१) मधेश मरूभुमि बन्दै गर्दा, जनता पानीका लागि तड्पिदै गर्दा मात्र सुख्खाग्रष्त क्षेत्र घोषणाले जनतालाई राहत प्राप्ति हुदैन्, प्रदेश सरकारले यसलाई मधेश प्रदेशको प्राकृतिक आपतकालिनको रूपमा लिनु पर्छ र यसै अनुरूप युद्धस्तरमा आफ्नो जनता र क्षेत्र एवं भुभागको संरक्षणका लागि संयुक्त र साझा संकल्पका साथ योजनाबद्ध तरिकाले समस्याको द्रिघकालिन समाधान गर्ने गरि अगाडि बढ्न सुझाव सहित माँग गर्दछौं।।
२) नेपाल सरकारसंग प्रदेशको सुख्खाग्रष्त समस्याको लागि ठोस समाधान गर्नका निम्ति आवश्यक साधन, स्रोतको माँग गरिनु पर्दछ।
३) मधेशलाई बचाउँनका निम्ति संयुक्त मोर्चा बनाइ सम्बन्धित निकाय नेपाल सरकारसंग छलफल र निकासबारे बिशेष राहत प्याकेजको निर्णाय गराउँनु पर्छ।
४) चुरेसंरक्षणलाई राष्ट्रिय स्तरको योजना बनाइ यथाशिघ्र चुरे दोहन, अव्यवस्थित उत्खन्न, अबैध क्रसरहरू बन्द गराइनु पर्छ।
५) मधेशको कृषि क्षेत्रको संरक्षण र प्रवद्धनका लागि बिभिन्न सिचाई योजनाहरूलाई अगाडि बढाई सम्पन्न यथाशिघ्र गर्नु पर्छ।
६) किसानलाई मतखाद्यको अभाव हरेक बर्ष हुने गरेको र यस बिषयमा कुनै पनि निकास आजसम्म नभएकोले यस बिषयमा ठोस रूपमै प्रदेश सरकार अगाडि बढ्न सक्नु पर्छ।
७) किसानले मलखाद्य अभावका कारण भातरिय बजारबाट बाध्यतामा किनेर ल्याउनु परेको छ तर उक्त मलखाद्य सिमानाकामा रहेका प्रहरी प्रशासनले जपत गर्ने, ल्याउन न दिने, किसानहरूलाई यतना दिने जस्ता गम्भिर घटनाहरू देखियो। यस प्रति प्रदेश सरकारको बिशेष ध्यानाकर्षण गराउन चाहन्छौं। हामी चाहन्छौं -किसानलाई कि मलखाद्य उपलब्ध गराइयोस वा किसानले आफुलाई सहज हुने गरि ल्याएको मलखाद्य सिमानाकामा जपत नगरियोस।
यस बिषयमा प्रदेश सरकारको बिशेष पहल होस।
८) यस आर्थिक बर्ष २०८१/८२ को प्रदेश सरकारको बजेटमा अनियमितत्ता भएको र दुईवटा रेडबुक प्रकाशित भएको भेटियो। यस कार्यले प्रदेशकै मानसम्मान र प्रतिष्ठामा आँछपुगेको छ। हामी अपमानित र लज्जित भएका छौं। यस्ता कार्यको उचित छानबिन हुनु पर्छ र सम्बन्धित व्यक्ति, मन्त्री वा कर्मचारीलाई यथाशिघ्र कारवाही गर्न पनि ध्यानाकर्षण गराउन चाहन्छौं।
आज यस ज्ञापन पत्र मार्फत माथि उठान गरिएको जनसरोकारका बिषयहरू प्रति मूख्यमन्त्रीज्यु लगायत यस सरकारका मन्त्रीज्युहरू पनि समाधानका गम्भिररूपमा अगाडि बढ्नु हुने छ। यस सरकारमा रहेका सबै व्यक्तित्वहरू मधेशी पुत्र नै भएकाले मधेशको संरक्षण, प्रवर्दन र विकास एवं बर्षौंको बिभेदको अन्त्य गर्दै मधेशलाईपनि आधुनिक युगको बिकास मार्गसंग जोड्दै विकासित समाज निर्माणका लागि सबैको साझा संकल्प अति आवश्यक रहेको एवं सबैको यस प्रति बिशेष ध्यान हुन पनि त्यतिनै महत्वपूर्ण रहेकाले हामी समाजवादी युवा संघ, नेपाल यस पत्र मार्फत तपाईं सम्पूर्णको बिशेष ध्यानाकर्षण गराउँदै हाम्रा माँग, मुद्दा र बिषय प्रति गम्भिररूपमै गृहकार्य हुने छ र संबोधन हुने गरि अगाडि बढ्ने छ भनि विश्वासका साथ यो ज्ञापन पत्र बुझाएको समाजवादी युवा संघ नेपाल धनुषा जिल्ला अध्यक्ष मदन कुमार साहले बताए।

