राष्ट्रिय मुक्ति पार्टी नेपाल रौतहटको संयोजकमा विवेक शाह

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,१० पुस।राष्ट्रिय मुक्ति पार्टी नेपाल रौतहट जिल्लाको अध्यक्षमा बिवेक कुमार साहलाई चयन गरिएको छ ।

रौतहटको गौरमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका राष्ट्रिय अध्यक्ष र पुर्व उप-प्रधानमन्त्री राजेन्द्र मह्तोले रौतहट अध्यक्षमा साहलाई अबिर माला लगाइ घोषणा गरेको हो ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष र पुर्व प्रदेश सभा मन्त्री राम नरेश राय केन्द्रिय सचिव हुसैन खान, केन्द्रिय सदस्य मन्जिर आलम तनबिर अख्तर मिकरानी, सर्लाही जिल्ला अध्यक्ष गणेश राय सहित पार्टीका जिल्ला स्तरका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

spot_imgspot_img
spot_img

लोकप्रिय