जसपा धनुषाद्वारा संगठन बिस्तार गर्न परिपत्र जारी

पछिल्लाे समाचार

जनकपुरधाम, २३ आश्विन । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कार्य समिति धनुषाका बसेको पुर्ण बैठकबाट गरेको निर्णयअनुसार संगठन बिस्तार अभियानमा तिब्रता ल्याउन पालिकाहरुमा परिपत्र जारी गरिएका छन्।

जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्य एवं जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा श्रावण १७ गतेको धनुषा जिल्ला बैठकबाट धनुषा जिल्लामा पार्टीलाई सुदृढ र सशक्त बनाउन जिल्ला भरिका नेता तथा कार्यकर्ताहरुलाई क्रियाशिल बनाउनुका परिपत्र जारी गरिएको छ।

साथै संगठन बिस्तार अभियानलाई जनजनसम्म पुर्‍याउन सर्वसम्मत जिल्ला कार्य समितिले निर्णय गरेको छ। तत पश्चात हालसम्म भएको जिल्ला कार्य समितिको बैठकले तपशिल बमोजिमको महत्वपूर्ण निर्णयहरु गरि पालिकाहरुलाई जानकारी एवं कार्यान्वयनका लागि परिपत्र जारी गरिएको जिल्ला सचिव बरुण कुमार यादवले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय