अरविन्द कुमार यादव
रौतहट ,१२ कार्तिक ।रौतहटको वृन्दावन नगरपालिका नगर प्रमुख विनोद कुर्मीले मेयर कप २०८० क्रीकेट प्रतियोगिताको रिबन काटेर उद्घाटन गरेको हुन् ।

वृन्दावन नगरपालिका वर्डा नम्बर ७ धमौरामा नगर स्तरीय मेयर कप क्रीकेट प्रतियोगिता आज आइतबारका दिन प्रारम्भ भएको छ।
नगरपालिकाको आर्थिक सहयोग तथा वृन्दावन क्रीकेट समिति -६ रौतहटको आयोजनामा सुरु भएको हो।
मेयर कप २०८० क्रीकेट प्रतियोगितालाई नगर प्रमुख विनोद कुर्मीले एक कार्यक्रम विच उद्घाटन गरेका छन् ।
वृन्दावन नगरपालिका वर्डा नम्बर ६ र ७ को रुपा नेपाली पाल माध्यमिक विद्यालय धमौराको संयुक्त खेल मैदानमा आयोजित मेयर कपका खेलाडीसँग क्रीकेट खेलेर नगर प्रमुख कुर्मीले सुरुवात गरेका थिए ।
करिब एक महिना अर्थात मंसिर ७ गते सम्म चल्ने प्रतियोगिताका प्रथम विजेतालाई नगद रु ५५ हजारको साथै मेडल, ट्रफी र दोश्रो विजेता उप विजेतालाई नगद रु ३५ हजार रुपैयाका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक आशिषराज पटेलले जानकारी दिएका छन ।

कार्यक्रममा बोल्दै वृन्दावन नगरपालिकाका नगर प्रमुख कुर्मीले क्रिकेट खेलको माध्यमले मात्र आफ्नो पालिकालाई न भई सिंगै हाम्रो देशलाई नै चिनाउने माध्यम रहेकोले आफुले पालिकाका स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरेर अगाडि बढाउने सोचले सो मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गरेको उनले बताए।
नगर प्रमुख कुर्मीले प्रतियोगितामा सहभागी हुने वडा नम्बर १ देखि ९ सम्मकै सम्पूर्ण खेलाडीहरुलाई शान्त र सभ्य तरिकाले खेल खेल्न अनुरोध गर्दै निर्णायक टोलीलाई पनि काखा पाखा नगरी खेल सञ्चालन गर्न गराउन आग्रह उनले गरे ।उहाँले अबको २०८१ मा हुने मेयर कप सो नगरपालिकाका वडा नं.९ भुषहामा सञ्चालन गर्ने घोषणा समेत गर्नु भएको छ ।
त्यसैगरी सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेलले नगरमा भईरहेको ऐतिहासिक मेयर कप क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्दै उनीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने बताउनु भएको छ । पटेलले सो प्रतियोगितामा सहभागी भएका सम्पूर्ण टिमलाई अग्रिम बधाई दिदै उनीहरूलाई खेलमा निरन्तरता दिएर अगाडि बढ्न र अन्तर्राष्ट्रिय खेलाडी समेत बनेर देश र पालिकाको नाम रौशन गर्न आग्रह गरे । त्यति मात्र न भइ अधिकृत पटेलले आफ्नो कार्यकालमा सो नगरपालिकामा एउटा राम्रो स्टेडियम बनाउन पहल तथा प्रयास गर्ने आश्वासन समेत दिएका हुन् ।
कार्यक्रममा वडा नं.१ का वडा अध्यक्ष रामनाथ सहनी, वडा नं.६ का वडाअध्यक्ष मजहर मन्सुर, वडा नं.७ का वडाअध्यक्ष मदन पाल, वडा नं.८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह र वडा नं. ९ का वडा अध्यक्ष प्रवेज आलम कार्यपालिका सदस्य राजेश पासवान, रामबाबु साह लगायत विभिन्न वडा बाट आएका पार्टी प्रतिनिधि ,खेलाडी एवं दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।