मधेसी हक अधिकार सुनिश्चितता गराउने मुख्य भुमिका जसपा नेपाल :पूर्व सांसद यादव

पछिल्लाे समाचार


अरविन्द कुमार यादव
रौतहट ,१३ कार्तिक ।संगठन विस्तार गर्दै जसपा नेपालले परोहामा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ।रौतहटको परोहा नगरपालिका वडा नं.३ तेजापाकड गाउँ स्थित स्व:नारद कुमार सिहंको घरको प्राङ्गणमा नगर स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमितिद्वारा आयोजित नगर स्तरीय अगुवा भेला कार्यक्रममा प्रमुख अतिथिको आसनबाट जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य पूर्व सांसद रामकिशोर यादव उर्फ किशोरी यादवले भने जसपा पार्टी नेपाल नै अहम भुमिका खेलेर मधेसीको पहिचान सहित अधिकार दिलाएको उनले दावी गरे।
रौतहट जिल्लाको चर्चित सांसद (पूर्व प्रदेश सांसद ) रामकिशोर प्रसाद यादवले भने´मधेस प्रदेशका नागरिक पहाडी जिल्लामा पहिचान गराउन राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको महत्त्वपूर्ण भुमिका रहेको `उनले बताए।

जनता समाजवादी पार्टी नेपाल नेतृत्वमा रहेको तत्कालीन मधेश प्रदेशका सरकार मुख्यमन्त्री लालबाबु राउत गद्दले´बेटी पढाउ,बेटी बचाउ`अभियान अन्तर्गत महिला बालबालिकाको लागि साइकल र जन्मेका बालिकाहरुका लागि शिक्षा विमा सुरुवात गरेको उनले स्मरण गराए।

आउदो दिनमा मधेश प्रदेशमा बसोबास गर्ने समुदायले केन्द्रिय सरकारको नेतृत्वमा दाबेदार रहने प्रष्ट पारे। मधेस प्रदेशमा बसोबास गर्ने थारु,दलित,चमार,मुस्लिम समुदायको ब्यक्ति प्रधानमन्त्रीको दाबेदार रहने बताएका हुन।

आउंदो २०८४ सालमा मधेस प्रदेशमा सिङ्गो सरकार जनता समाजवादी पार्टी नेपालको रहने प्रतिबद्धता जनाएको छ । बिरगंजमा भएको हत्या काशी राम तिवारीको प्रमुख एजेन्डा मा.प्रभु साह तथा योजनाकार कटहरिया नगरपालिकाका पूर्व नगर प्रमुख सियाराम कुशवाहा रहेको साथै रु.१५ लाखौंलाख रुपैयाँको हस्ताक्षेप रहेको जिकिर पूर्व प्रदेश सांसद यादवले बताए ।

मधेस प्रदेशको पहिचान बनाउनमा सबैभन्दा अह्म भूमिका यस पार्टीले निर्वावाह गरेका छन्। पहाडी समाजमा धुती भन्ने र बोलाउने काम पहाडीले गर्थ्यो पहिला र जसपा पार्टीको देन छ कि मधेसको पहचान गराउने र मधेसको अधिकार दिलाउनेमा प्रमुख भूमिका रहेको यादवले बताए ।

परोहा नगरपालिकाको वडा -१ देखी- ९ सम्मको उपस्थिति बिच परोहा नगर तदर्थ समितिको अध्यक्ष  पदमा धर्मेन्द्र राय यादबको अध्यक्षतामा २१सदस्यीय नगर तदर्थ समिति चयन गरिएको छ ।
भेलाबाट धर्मेन्द्र राय यादव – अध्यक्ष,उपाध्यक्ष पदमा दुई जना विरेन्द्र दास तत्मा – अनिल साह ,सचिव पदमा राम प्रवेश राय यादव ,उप सचिव पदमा दुई जना ,कोषाध्यक्ष पदमा विवेक कुमार सिहं कानु सहित सात जना पदाधिकारी गठन गरिएको छ।
त्यस्तै सदस्यहरु :- सत्यनारायण सिहं,अबु महम्मद,शशी कपुर सहनी,संन्जय राय यादव,रिना देवी पासवान,मंन्जु देवी,अमिन्द्र पटेल,महम्मद एक्रामुल हक लगायतहरु रहेका छन् ।

सो कार्यक्रमका अध्यक्षता जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति अध्यक्ष श्यामविहारी राय यादवले गरेका थिए भने  विशिष्ट अतिथि जनता समाजवादी पार्टी नेपाल केन्द्रिय सदस्य विश्वनाथ पटेल ,केन्द्रिय सदस्य चुलाई यादव,केन्द्रिय सदस्य किरण ठाकुर,मधेस प्रदेश समिति सचिव पुनित राम ,प्रदेश समिती सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज ,जिल्ला समन्य समिति रौतहट पूर्व उपसभापति राम आशिष यादव,चुलाई यादव केन्द्रीय सदस्य,विश्वनाथ पटेल केन्द्रीय सदस्य,अतिथि किरण ठाकुर केन्द्रीय सदस्य,प्रदेश समिति सदस्य एवं प्रादेशिक अस्पताल गौर संचालक समिती अध्यक्ष मो.अनवर हाश्मी,प्रदेश समिती सदस्य मो.कलाम आलम,जिल्ला सचिव जय राम महतो,समाजवादी विद्यार्थी युनियन केन्द्रिय सदस्यीय दिनेश यादव लगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतका परोहा नगरपालिका अन्तर्गतका विभिन्न वडाका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय