धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

पछिल्लाे समाचार


धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर नाथ नगरपालिका वर्डा नम्बर ५ महेन्द्रनगर स्थित गुल्जार महम्मदले साहिल फ्रेस हाउस संचालन गरेको मासु पसल अगाडी खसीको मासुको सानो टुक्रा संगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय धनुषाबाट प्र.नि. को कमाण्डमा खटिएको गस्ति टोलीले
उक्त खशीको मासु र बाख्राको मासु नाप तौल गर्दा छाला भएको खशीको मासु २१ किलो र बाख्राको मासु ८ किलो समेत बरामद गरी बरामद गरेक मासु सहित संचालक गुल्जार महम्मदलाई नियन्त्रणमा लिई ई.प्र.का. महेन्द्रनगर धनुषामा ल्याई थप अनुसन्धान कार्य भई रहेको जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय