पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा शिवनगर महादेव मन्दिरमा पूजापाठ , हेर्न ओर्लियो मानिसको ठुलो भिड

पछिल्लाे समाचार

रौतहट ,२ माघ।पूर्व राजा ज्ञानेन्द्र शाहले रौतहट जिल्लाको शिवनगर मन्दिरमा पूजापाठ गरेका हुन् ।रौतहटको प्रसिद्ध धार्मिक स्थल शिवनगर स्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन् ।

मंगलवार दिउँसो ३ बजेको समयमा पूर्व राजा शाहले गरुडा नगरपालिका–५ शिवनगरमा रहेको महादेव मन्दिरमा करिव १० मिनेट पूजाआजा गरेका हुन् ।

शिवनगर चोकदेखी मन्दिरसम्म बाटोको दुबै तर्फ बसेका समर्थकहरुले उनलाई पुलमाला लगाएर भव्य स्वागत गरेका थिए । पूर्व राजा शाहले आफना समर्थकहरुको हातबाट फुलको माला र पुष्प गुच्छा लिएका थिए ।

पूर्व राजा शाह शिवनगर आउने वित्तिकै उनका समर्थकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ जस्ता नारा लगाएको थियो ।

धेरै वर्षपछि मन्दिरमा पुजा गर्न रौतहट आएका पूर्व राजा शाहलाई हेर्न र स्वागत गर्न टाढा टाढाबाट मानिसहरुको ठुलो भिड ओर्लिएको थियो । उनलाई हेर्न हजारौको संख्यामा मानिसहरु शिवनगर पुगेका थिए ।

शाहलाई हेर्न आएको मानिसहरुको ठुलो भिडलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे भएको थियो । पूर्व राजा शाह शिवनगर आउन लागेपछि मंगलवार विहानै देखी शिवनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । उनको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी ठुलो संख्यामा परिचालन गरिएको थियो ।

यसैविच आयोजक राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्य समिति रौतहटले शिवनगर मन्दिरको छेउमा तयार पारेको स्वागत गेटमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार लेखेको ब्यानर झुण्डयाएका थिए ।

सो ब्यानरमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार लेख्न नपाउने भन्दै प्रहरीले सो ब्यानर हटाउन वा छोप्न खोज्दा पूर्व राजा शाहका समर्थकहरुले विरोध गरेपछि केहिबेर शिवनगरको अवस्था तनावग्रस्त बनेको थियो ।

उनका समर्थकहरुले विरोध गरेपछि प्रहरीले आफनो अडानबाट पछि हटेका थिए । राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्य समिति रौतहटले पूर्व राजा शाहले पुजापाठ गर्नेदेखी लिएर अन्य सम्पूर्ण कामको व्यवस्थापन गरेको जिल्ला अध्यक्ष रामबाबु शाह तेलीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय