सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको झन्डै ६ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ 

पछिल्लाे समाचार

रौतहट,६ माघ ।स्रोत नखुलेको करिब ६ लाख नेपाली  रुपैयासहित एक जनालाई रौतहट सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

 सशस्त्र प्रहरी सिमा सुरक्षा बंकुलका प्रमुख इन्स्पेक्टर नरेन्द्र कुमार पाटामगरले चेकजाँच गर्ने क्रममा शनिबार ५ लाख ९४ हजार रुपैयाँसहित परोहा नगरपालिका ८ का दिनेशप्रसाद कुशवाहालाई पक्राउ गरेका छन् ।

 

रौतहटको बौधीमाई नगरपालिका ७ छोटी बंकुल हुँदै भारततर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थान गरी कुल ५ लाख ९४ हजार रुपैयाँ बरामद भएको इन्स्पेक्टर मगरले बताए।

 

सशस्त्र प्रहरीको इन्स्पेक्टर पाटामगरले  बरामद रुपैयाँ, मोटरसाइकलसहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जनाए ।

spot_imgspot_img
spot_img

लोकप्रिय