श्रीराम मय बन्यो बातावरण , दुल्हन झै श्रृंगारिए मठ मंदिर

पछिल्लाे समाचार

रौतहट ,७ माघ।भारतको आयोध्यामा हुने भगवान श्री रामको प्राण प्रतिष्ठाको अवसरमा रौतहटमा भगवान राममय बातावरण भएको छ ।

सयौ बर्षको अन्तराल पछि आयोध्यामा निर्माण भएको राम मंदिरमा २२ जनवरी माघ ८ गते गर्भगृहमा भगवान रामको प्राण प्रतिष्ठा हुने भएकोले भारत तथा नेपालको विभिन्न ठाउमा रहेको राम जानकी मंदिरलाइ सजाइएको र रामको संगीत गुंजायमान भएकोले राममय बातावरण बनेको हो।

 

हिन्दू धर्ममालम्बीहरुले रौतहट लगायत बारा , पर्सा , सर्लाही ,महोतरी ,धनुषा ,सिरहा ,सप्तरि र छिमेकी मुलुक भारतको विहार राज्यको विभिन्न ठाउमा प्राण प्रतिष्ठाको अवसर परेर मठ , मंदिरलाइ आकर्षक रुपमा सजाइएको छ भने ठाउ ठाउ जय श्री रामको झण्डा लगाइएको कारण गाउ शहर सुन्दर र मनमोहक देखिने गरेको छ ।

 

मठ मंदिरमा राम धुन ,अष्टयाम ,भजन ,कीर्तन आयोजना समेत गरिएको छ। सोमबार बेलुकी घर घरमा दीपावली गर्नको लागि विश्व हिन्दू परिषद् नेपालले आव्हान समेत गरेको छ।

 

भगवान राम ५०० बर्ष पछि आफ्नो घरमा स्थापित हुन गइरहेकोमा सनातनी धर्मालम्बी धेरै नै हर्षित भएको स्थानीय दीपक केसरीले बताए !आयोध्या र नेपाल विच पारिवारिक सम्बन्ध भएकोले रामललाको प्राण प्रतिष्ठाको अवसरमा दिप जलाएर स्वागत गर्ने तयारी गरेको गौर नगरपालिका ४ निवासी ओमप्रकाश साहले बताए ।

 

 रौतहटको गौर नगरपालिका , ईशनाथ नगरपालिकाको औरैया , परोहा नगरपालिकामा राममंदिरमा हुन गइरहेको प्राण प्रतिष्ठाको अवसरमा भव्य रुपमा कलश शोभा यात्रा समेत निकालिएको छ ।संगम खबर

spot_imgspot_img
spot_img

लोकप्रिय