रौतहट, ०७ गते माघ । जिर्ण अवस्थामा रहेको गौर वडा नम्बर ५ मा रहेको राम मन्दीरले पुर्व नगर प्रमुख अजय गुप्ताको मुख्य सहयोगले नवनिर्माण भइ आम भक्तजनको लागी विधिवत संचालनको क्रममा आएकोमा पुर्व नगर प्रमुख गुप्ताले खुसी ब्यक्त गरेका हुन् ।
आफू नगर प्रमुखमा रहदा सो बापत पाउने ३ महिनाको सेवा सुविधा सहयोग गर्दै वहाँले मन्दीरको जग हालेका थिए । गौर नपाका पूर्व मेयर तथा क्षेत्र नं १ का सांसद प्रत्यासी अजय कुमार गुप्ताको कठिन प्रयासले विगत २०७६ साल जेष्ठ महिनामा शिलान्यास गौर नपा वडा नं ५ मातपोत तथा भुमि सुधार कार्यालयको पश्चिमपट्टि रहेको पुरानो भगवान श्रीरामको मन्दिर निर्माणका लागि कार्य अगाडि बढाइएको थियो सो निर्माण कार्य उहाँकै कार्यकालमा पुनः रूपमा सम्पन्न समेत भइ उद्दघाटन भएपनि मन्दीर को प्राण प्रतिस्ठा भने संयोगवस अयोध्यामा नवनिर्मित राम मन्दिर कै दिन हुने भएको छ।
मन्दिर निर्माणका लागि पूर्व मेयर अजय गुप्ताले तत्कालीन समय नेपाल सरकारको तर्फबाट पाउने पर्ने सेवासुविधा वापतको प्रतिमाह रू. ३४ हजार ५ सयको दरले आफ्नो ३ महिनाको तलब १ लाख १३ हजार ५ सय रूपैयाँ निर्माण कार्यको लागि दिनुभएको थियो भने सो मन्दिरलाई भव्य रूपमा बनाउन आफ्नै कार्यकालमा नगरपालिकाबाट आर्थिक २०७६ देखि २०७८ सम्म ४० लाख रकम विनियोजन गरि श्रीराम मन्दिर निर्माण गराएका छन् ।
जिल्लाबासीलाई पनि धार्मिक कार्यमा केही आर्थिक सहयोग गर्ने अवसर मिलोस भने उदेश्यका साथ श्रीभद् भागवान महापुराण भागवत महापुराण साप्ताह ज्ञान महायज्ञको गौर राईस मिलको प्राङ्गणमा आयोजना गरि तत्कालीन मधेश प्रदेशका सभामुख एवं वर्तमान मुख्यमन्त्री सरोज कुमार यादवलाई पूर्व मेयर अजय गुप्ताले पहल गरि प्रमुख अतिथिको रूपमा निम्त्याइ उद्घाटन समेत गराएका थिए ।
महायज्ञमा आउने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत श्रद्धालु भक्तजनहरूले आ-आफ्नो इच्छाशक्तिले आर्थिक सहयोग गरेको थिए त्यस सहयोगले श्रीराम मन्दिरको अन्य निर्माण कार्य भएको पूर्व मेयर गुप्ताले बताए ।
भोलि विश्व भरि श्रीराममै भईरहेको अवस्थामा आफ्नो नगरीमा आफू तत्कालीन गौर नपाका मेयर हुदा मर्यादा पुरूषोतम श्रीराम भगवानको मन्दिर शिलान्यास देखि सम्पूर्ण निर्माण कार्य गर्ने अवसर पाएको थियो सो मन्दिरमा भोलि उहाँको प्राण प्रतिष्ठान समेत हुने सुखद् खबर सुनेर आफूलाई धेरै भाग्यशाली महशुस गरेको उनले बताए।
रौतहट जिल्लाको गौर नपा वडा नं ५ मालपोत, भुमि सुधार कार्यालयको पश्चिमपट्टी स्थित धेरै पुरानो श्रीरामलल्लाको मन्दिरलाई पुनः निर्माण कार्य सम्पन्न गरि प्राण प्रतिष्ठानको लागि मुख्य यज्ञीको रूपमा परोहा नपाका प्राविधिक प्रमुख ई. दिपेन्द्र कुमार यादव ज्यू हुनुभएका छन् ।
आज बिहानैदेखि श्रीराम मन्दिर गौरको नवनिर्मित मन्दिरमा पुजा अर्चना कार्य आचार्य र यज्ञीद्वारा भईरहेको छ ।