अरविन्द कुमार यादव
रौतहट ,२० बैशाख ।यमुनामाई गाउँपालिका सरुअठामा जनप्रतिनिधिहरुद्वारा उवजिएको बेथिति विरुद्ध नेपाली कांग्रेस यमुनामाई गाउँपालिका कार्यसमितिले कार्यालय प्रमुख लाई ज्ञापनपत्र बुझाएको हो।
रौतहटको यमनुमाई गाउँपालिका निर्वाचित जनप्रतिनिधिहरु बहाल भए उपरान्त पालिकामा व्यथिती मौलाएको नेपाली कांग्रेस यमुनामाई गाउँपालिका कार्यसमिति रौतहटको ठहर छ।
निर्वाचित भएदेखी जनताले अपेक्षाअ गरे अनुसारको विकास निर्माण ,सामाजिक सद्भाव,कानुनी राज्यको अनुभुती भएको देखिएको छैन ।यश पालिकाबाट निश्पक्षता ,पारदर्शिता ,जवाफदेहिता ,मितव्यीता र सुशासन समेतको कार्य कार्यव्ययन भएको देखिदैन साथै गाउँपालिका अध्यक्ष ,कार्यालय प्रमुख र लेखाप्रमुख समेतको काम व्यवहारबाट सर्व साधारण जनता,अन्नदाता किसान ,वृद्ध बृद्धा,बालबालिका लगायत समेतमा गम्भीर पिडामा रहेको सर्वविदै छ।
सघियताको मर्म भावना अनुसार स्थानीय तहक्क निर्वाचन पश्चात् जनप्रतिनिधिहरुले गुट उपगुट बनाई प्रशासकीय अधिकृत फेरबदल गर्ने गराउने कार्य गापा अध्यक्ष र लेखा प्रमुख ले मिलिजुली आफ्नो कमाउ धन्धाको लागि हाकिम हेर फेर गने र मिलि भगतमा भ्रष्टाचार गर्ने प्रवृति हावी रहेकोले स्थानीय सरकारको मर्म विपरित स्वास्थ्य,शिक्षा,कृषि र पूर्वाधारमा समेत भ्रष्टाचारमा लिन रहेको व्यापक जन गुनासो आइरहेको हुदा नेपाली कांग्रेस यमुनामाई गाउँपालिका कार्यसमिति रौतहटको ध्यानाकर्षण भएको हो।
जनता जनार्दनको आवश्यकता अनुसार विकासकार्य नभएको हुदा पालिकामा भ्रष्टाचारको गंद बढेको देखिन्छ ।साथै जनाता जनार्दन सर्व साधारण जनता, अन्नदाता किसान,बृद्ध बृद्धा लहायत समेतको मतको अबमुल्यन गरि गापा अध्यक्ष ,कार्यालय प्रमुख र लेखा प्रमुख समेत मीली भ्रष्टाचारलाई संस्थागतग गरिरहेको जग जाहेर छ।ऐन,कानुन,नीति,नियम र कार्यबिधी अनुसारको कुनै किसिमको विकास निर्माण नगरी आफ्ना आसेपासे हरुलाई गोप्यरुपमा टेण्डर ,कोटेसन दिने कमिसन लिने ,इन्धनको मनपरि खर्छ गर्ने ,विद्यालयको खाजाभातामा कमिशन खाने ,कानुन विपरीत बिना कार्यदेशको काम गराउने परीपाटी ,निजि प्रयोगमा सार्वजनिक सवारी साधन दुरुपयोग ,कानुन विपरीत कर्मचारी भर्ना र गाउँसभा भएता पनि बजेट संचालनमा लापरवाही जस्ता अनेकौ काण्डहरुको गुनासो अन्न र जीवन दाता जनता जनार्दन ज्युहरुलाई गम्भीर पिडामा रहेको सर्वविदै हो।
ऐतिहासिक यमुनामाई गाउँपालिका पारदर्शिता ,निश्पक्षता ,मितव्यीता ,सामाजिक न्याय र आर्थिक सुशासन जस्ता कार्य नगरेकोले जनमानस उदासीन भएको छ।सम्पूर्ण जनमानसको हकअधिकार तथा सार्वजनिक महत्वको तपसिल बमोजिम जानकारी तथा जायज मागहरू नेपाली कांग्रेस यमुनामाई गाउँपालिका कार्यसमितिको जोडदार रुपमा माग गरिएको प्रेस विज्ञप्ति उल्लेख छ।
तसपिल
१.आव २९७९ देखि २०८१ सालको गाउँ सभाको निर्णय ,कार्यपालिका बैठकको मायुनेट ,रातोकिताब ,सर्सतअनुदान ,समपुरक ,विशेष ,स्वास्थ्य,शिक्षा,कृषि ,पुजीगत ,राजस्व बाडफाड र आर्थिक सहयोग वितरण लगायत सम्पूर्ण रहे भएका बजेट योजनाको कागजहरु र सबै खाताको बैंक स्टेटमेन्ट समेतको प्रतिलिपी ।
२.यमुनामाई गाउपालिकामा कार्यरत स्थायी ,अस्थाई करार सबै तहका कर्मचाहरुको नियुक्ति ,समेतको विवरण कगजात।
३.यमुमाई गाउँपालिका स्तरीय प्राथमिक स्वास्थय केंद्रको भवन र प्रशासकीय भवन निर्माण गर्नु पर्ने।
४.यमुनामाई गाउंपालिकामा अनलाईन टेण्डर यताशिघ्र लागू गर्नु पर्ने।
५.यमुनामाई गाउँपालिकामा अनलाईन बिलिंग र अनलाईन मिटींग यथाशिघ्र गर्नु पर्ने।
६.यमुनामाई गाउँपालिका अन्तर्गत सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमका शिक्षा प्रणाली गर्नु पर्ने।
७.यमुनामाई गाउँपालिकामा प्रत्येक आधारभुत स्वास्थ्य चौकीमा वर्ष भरिका लागि औषधि व्यवस्था गर्नु पर्ने।
८.यमुनामाई गाउँपालिकामा जनचाहना अनुरुप विद्युत महसुल गा.पा.ले तिर्नु पर्ने।
९.यमुनामाई गाउँपालिकामा विद्यालय र मदर्सामा विद्यार्थी अनुपातमा तत्काल शिक्षकको व्यवस्था गर्नुपर्ने ।।
१०.यमुनामाई गाउँपालिकामा रहेको जिन्सी सामानहरुको विवरण प्रतिलिपी र जे.सी.बी. आदीको आम्दानी विवरणको प्रतिलिपी ।
जिल्ला समन्वय समिति रौतहट ,जिल्ला प्रशासन कार्यालय रौतहट ,जनलोकपाल आयोग मधेश प्रदेश जनकपुर धाम,अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय काठमाडौलाई समेत बोधार्थ दिइएको हो।
अत: ५ दिन भित्र सार्वजनिक सरोकारको जायज माग सम्बोधन नभएमा कडा भन्दा आन्दोलनमा उत्रिन बाध्य हुनेछ र तत्काल समस्या सामाधानको लागि ज्ञापनपत्र पालिका अध्यक्ष सिताराम यादवको हस्ताक्षरित प्रेस विज्ञप्ति बुझाइएको छ।