अरविन्द कुमार यादव
रौतहट ,२० बैशाख ।रौतहटको माधव नारायण नगरपालिका वर्डा नम्बर ६ माधोपुरमा भीषण आगलागी भएको छ।
माधव नारायण नगरपालिका ६ माधोपुर साहिब गा.वि.स. ८ मा बिहीबारका दिन ४ घरमा आगलागी भएको हो।
माधोपुर निवासी आशनारायण यादव सहित चार जनाको घर आगलागी भएर पूर्ण रुपमा जलेर नष्ट भएको छ।
आग्लागीबाट तीन वटा फुस र एउटा टालिको घर जलेर खरानी भएको छ । आगलागि हुदा एउटा गोरु समेत जलेर घाइते भएको हो । आगलागीबाट १० लाख भन्दा बढिको क्षती भएको प्रहरीले जनाएको हो।