यातायात कार्यालय गौरमा बेचौलीयाको बिगबिगी ,कार्यालयको सेटींग

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट , २५ बैशाख। यातायात कार्यालय रौतहट ,गौरमा भ्रष्टाचार मौलाएको रहस्य बाहिरिएको हो।यातायात कार्यालय रौतहट र जिल्ला ट्राफिक कार्यालय गौरको मिलोमतोमा सवारी चालक अनुमतिपत्र लिने दिनेमा खरिद बिक्री गरेको समाचार स्रोतको दावी छ।

 

लाईसेन्स बापतको घुस रकम नदिदा जति पप्टक परीक्षा र ट्रायल दिए पनि पास न गर्ने र सो वापतको रकम बुझाए उपरान्त सजिलैसँग हातलाग्ने भएपछि यो रहस्य बाहिरिएको हो।

 

रौतहटका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाईको लाईसेन्सको ट्रायल दिए। तर, उनी पास हुन सकेन। तर, उनीसँगै गएका साथिहरुले १५ हजार तिरेर लिखित र ट्राईल दुवै पास गरे।

यातायात कार्यालय रौतहटमा मोटरसाइकलको लाईसेन्स १२ देखि १५ हजार, चार चक्काको २४ देखि ३५ हजारसम्म रकम विचौलियामार्फत बुझाए सजिलै लाईसेन्स पाईने ती युवकले बताए।

उनले भने, ‘म राम्रोसँग मोटरसाइकल चलाउन जान्दछु, लिखित पहिलो पटकमै पासगरें। तर, तीन पटक ट्रायल दिंदापनि पास हुन सकिएन। घुस नदिई लाईसेन्स लिउँ भनेको यहाँ मुस्किल रहेछ।’

‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्राइल दिएँ। पासै हुन सकिएन। अव त्यसै एक वर्ष पछाडी परियो।’ उलने थपे, ‘अव घुस दिएर्रै नदिई नहुने अवस्था देखियो।’

 

रौतहट  यातायात कर्यालय अगाडी लेखापढी व्यवसायीको रुपमा रहेकाकाहरुको मुख्य धन्दा नै यहि हो। उनीहरु हाकाहाकी मोटरसाईकलको १५ हजार, ट्याक्टर र चारचक्के गाडीको ३५ हजार  सम्म लाग्ने बताउँछन्।

उनीहरुले रकम लिएका ९९ प्रतिशतले सहजै लाईसेन्स परीक्षा र ट्रायल दुवै पास पनि गर्नेगरेको दावी गर्छन्। त्यहि कार्यरत एक लेखापढीको रुपमा काम गर्ने विचौलियाले भने, ‘कहिलेकाही ढिलो भएका कारण सेटीङ्गमा समस्या हुन्छ, अन्यथा सवैके काम हुन्छ।’

ट्याक्टर ,म्याजिकलाई हैन यहाबाट लाइसेन्स लिने धेरै रकम बुझाएर र भनसुनको भरमा मात्र लाइसेन्स पाउने गरेको एक विचौलीयाले जानकारी दिए।ती बिचौलीयाले भन्छ ´ रकम नबुझाए सम्म लाइसेन्स नै पाइदैन, हामीहरुलाई पनि कमै कोटा दिएको हुन्छ।त्यही भएर सेटींगमा काम हुने गरेको हो`

विचौलीयाको अनुसार यहाँ पार्टीका नेता ,सरकारेर कार्यालयहरु समेतको कोटा छुट्टाछुट्टै कोटा छुट्याइएको बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय