पूर्ण खोप सुनिश्चितता घोषणा सम्पन्न यमुनामाईमा

पछिल्लाे समाचार

अरविन्द कुमार यादव।

रौतहट ,२७ बैशाख ।रौतहटको यमुनामाई गाउँपालिका पूर्ण खोप घोषणा भएको छ।पूर्ण खोप घोषणा कार्यक्रम गरेर यमुनामाई गाउँपालिका वर्डा नम्बर १ देखि ५ सम्मलाई घोषणा गरिएको छ।

oplus_0

पालिकाको प्रांगणमा आयोजित घोषणा कार्यक्रम तीन महिने खोज र खोप अभियानको आधारमा आज बिहीबार भव्य सभ्यरुपमा सम्पन्न भएको छ।

माघ ,फाल्गुन र चैत्र मसान्तसम्म खोज र खोप अभियान चलाएर खोप लिन छुटिएकाहरुलाई बैशाख महिनामा खोप लगाई दिने गरिएको छ।

उक्त कार्यक्रममा अभियान खटिएका स्वास्थ्य कर्मी,महिला स्वयंसेवकहरुलाई प्रशंसा प्रमाणपत्र उहाहरुको हौसला बुलन्द राख्न उदेश्यले यमुनामाई गाउँपालिका सरुअठाले प्रदान गरेको छ।

यमुनामाई गाउँपालिका वर्डा नम्बर १ जेठरहियाका

oplus_2

अध्यक्ष नन्दलाल यादवले भने पूर्ण खोप सुनिश्चितता घोषणा अगामी वर्षमा निरन्तरता दिन बालपोषण भत्तामा खोप कार्ड लागू गराउने प्रतिबद्धता जनाए।

0देखि ५ वर्ष सम्मका बालबालिकाहरुको पोषण भत्ता लिन आउन पूर्णरूपमा खोप कार्ड संगैं लिएर आएमात्र भत्ता दिइने आउदो असार १० गतेको गाउँ सभाबाट पारित गराउने वर्डा अध्यक्ष नन्दलालले प्रतिबद्धता जाहिर गरेका छन् ।

पूर्ण खोप सुनिश्चितता घोषणालाई निरंतरता दिलाउन हरेक वर्डा कार्यालय सहयोगीलाई जनही बाइसाइकल दिएको स्वास्थ्य कार्यालय संयोजक सुधिर कुमार सिंहले जानकारी गराए।

उक्त कार्यक्रमका प्रमुख अतिथी पूर्ण खोप सुनिश्चितता घोषणा अभियानका संयोजक एवं जिल्ला समन्वय समिती कार्यालय रौतहट सभापति राम अयोध्या यादव,यमुनामाई गाउँपालिका उपाध्यक्ष अनुराधा कुमारी झा,यमुनामाई गाउँपालिका निमित्त प्रमुख राम श्रेष्ठ राय यादव,स्वास्थ्य कार्यालय रौतहट प्रमुख बिपिन कुमार ,सुचना अधिकारी अनिल कर्ण लगायत कर्मचारी ,स्वास्थ्यकर्मी ,स्वयंसेवकहरुको उपस्थिति रहेको थियो।पूर्ण  खोप सुनिश्चितता घोषणाका अध्यक्षता गापा प्रमुख मो।सउदले गरेका थिए भने उद्घोषण रोजगार शाखा संयोजक रामधार यादव थिए।

oplus_0
spot_imgspot_img
spot_img

लोकप्रिय