अरविन्द कुमार यादव
रौतहटको गढीमाई नगरपालिका सोमबार एक विशेष समारोह वीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।
‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव र जिल्ला स्वास्थ्य कार्यालयका को.चे. कोल्ड चेनि निरिक्षक अधिकृत अनिल कर्णले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो ।
उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
गढीमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा समारोह वर्डा १ देखि ९ सम्म भएको थियो।
नगरपालिका विभिन्न फाट प्रमुख र स्वास्थ्यकर्मी ,महिला स्वयमसेवीकाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ।
उक्त कार्यक्रमको अध्यक्षता गढीमाई नगरपालिका मेयर श्याम यादवले गर्नु भएको थिए भने बाक्लो संख्यामा स्वास्थ्यकर्मीहरुको उपस्तिथि रहेको थियो।