अरविन्द कुमार यादव।क्षयरोग मुक्त नेपाल अभियान गढवा टिकुलियामा संचालन भएको छ।
क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम वर्डा स्तरीय क्षयरोग सूक्ष्म योजना तथा वडा समिति गठन सम्पन्न भएको हो।
गौर नगरपालिका वर्डा नम्बर ४ मा स्वास्थ्य शाखाको आयोजना गरिएको उक्त कार्यक्रममा गाउँका बुद्धिजीवी भद्रभलादमी युवाहरुको बाक्लो उपस्तिथि रहेको थियो।
वर्डा अध्यक्ष संजय गिरीको प्रांगणमा भएको अभियान कार्यक्रम संचालनबाट गाउँका भद्रलादमी मध्येबाट क्षयरोग मुक्त नेपाललाई सहयोग गर्न गाउँ समिति निर्माण गरी कार्यक्रम सम्पन भएको गौर नगरपालिका स्वास्थ्य शाखाबाट खटिएका कर्मचारी दिलवन्धु यादवले बताए।
यश समितिबाट गाउँ सर्वेक्षण गरेर नामावली दर्ज भएका विरामीहरुलाई खखार लिई टेष्ट गरेर क्षयरोग मुक्त गरिने यादवले जानकारी दिए।
गौर नगरपालिका वर्डा नम्बर ४ गढवा टिकुलियामा क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम वर्डा स्तरीय क्षयरोग सूक्ष्म योजना तथा वर्डा समिति गठनबाट क्षयरोग मुक्त हुने लक्ष्य लिइएको स्वास्थ्य शाखाका दिलबन्धु यादवले जानकारी गराए।