राजपुर जनसभा उपर प्रहरी प्रशासनको आँखा 

पछिल्लाे समाचार

अरविन्द कुमार यादव।

रौतहट ,७ बैशाख । राजपुर नगरपालिका राजपुर पाणी ट्यांकीमा हुने न्याय जनसभा कार्यक्रम माथी प्रहरी प्रशासनको नजर रहेको देखिन्छ । आयोजित जनसभा कार्यक्रममा स्थानीय प्रदेश केन्द्रको प्रहरी प्रशासनको आखा लागेको श्रोतको बादी छ।

पूर्व मन्त्री आफताव आलम सहित ४ जनालाई आजिवन कारावास गरिएको छ।२०६४ सालको चुनाव बुथ केपरिंग गर्नका लागि बोलाइएको मान्छेहरुले बनाईरहेको बम विष्फोट हुदा पिन्टु भनिने त्रीलोक प्रताप सिंह सहितका मान्छेहरुलाई जिउदे इट्टा भट्टा जलाएको अभियोगमा पूर्व मन्त्री आफताब आलम सहितका व्यक्ति कारावास जीवन बिताइरहेका छन् ।

अन्यायोचित आदेशले पूर्वमन्त्री आलम सहितको व्यक्तिहरुलाई कारागार चलान गरिएको प्रति नेपाली काङ्ग्रेस रौतहट क्षेत्रीय जन सभा आयोजित गरिएको छ।

यही जेठ २५ गते हुन गइरहेको न्याय जनसभा राजपुर पानी ट्यांकी स्थित हजारौं हजारको संख्यामा समर्थक सुभचिन्तक नेताकार्यकर्ता उतार्ने क्षेत्रीय समितिको निर्णय गरिएको हो।

नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटका सचिव रामचन्द्र गिरीले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आलमसहितका व्यक्तिलाई बिनाप्रमाण मुद्दा चलाएर कारागार चलान गरिएकोले आमजनतालाई जानकारी दिने र रिहाइका लागि दबाब सिर्जना गर्ने उद्देश्यले जेठ १५ गते क्षेत्रीय आमसभाको आयोजना गरिएको बताए ।

जिल्ला सचिव गिरीले पूर्वमन्त्री निर्दोष रहेको र योजनाअनुसार बाहिरी दबाबमा कारागारमा राखिएको बताउँदै बिनाप्रमाण थुनामा रहेका आलमसहितका अन्यलाई रिहा गर्नुपर्ने बताए । नेपाल तरुण दलका केन्द्रीय सदस्य शेख नौशाद आलमले पूर्वमन्त्री आलम विरुद्धमा दबाबमा न्यायालयले फैसला दिएको आरोप लगाए ।

आमसभामा ५० औं हजार जनसभहगी उतार्ने तयारीमा रौतहट क्षेत्र २ प्रतिनिधि सभा प्रत्यासी डा फिरदौस आलम, परोहा नगरपालिका मेयर शेख वकिल,राजपुर नगरपालिका मेयर डा राजिक आलम र नेपाल तरुण दल केन्द्रिय सदस्य नौसाद आल सक्रिय भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय