संस्कृत मावी मत्सरीको अस्तित्व संकटमा पार्दै प्रधानाध्यापक त्रियुगनारायण झा

पछिल्लाे समाचार

 रौतहट, १० जेठ । नेपाल अधिराज्यमै सबैभन्दा पुरानो एवं चौथो संस्कृत विद्यालयको रुपमा रहेका संस्कृत माध्यमिक विद्यालय मत्सरीको अस्तित्वलाई समाप्त पार्ने गम्भीर चलखेल सो विद्यालयका प्रधानाध्यापकले गरिरहेको रहस्योघाटन भएका छन् ।दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीमा संचालनमा रहेका संस्कृत मावीबाट संस्कृतको अध्ययन अध्यापनलाई पूर्ण रुपमा समाप्त गरेर नयाँ र मनपरेका अर्का शिक्षकको लागि अनुमती दिएर रकम कमाउने बक्र दृष्टि राखेका प्रधानाध्यापक त्रियुगनारायण झा गम्भीर चलखेलमा लागेको स्थानीयहरुले आरोप लगाएका हुन् ।प्रधानाध्यापक झाले दुर्गा भगवती गाउँपालिकालाई सम्बोधन गरेर जेठ ३ मा पठाएको पत्रमा कक्षा ६ र ७ मा संस्कृत विषयको शिक्षक दरबन्दीमा नरहेको तथा संस्कृत विषयको पठन पाठन कार्यमा कठिनाई भईरहेको र समयमा पाठ्यपुस्तक समेत उपलब्ध हुन नसकेको अवस्थामा उक्त विषयको सट्टामा स्वास्थ्य तथा शारिरीक शिक्षा र कम्प्युटर शिक्षा पठन पाठन गराउन आवश्यक निर्देशन पाउ भनेर पत्र पठाएर सिंगो मत्सरीबासीको भावना संग खेलवाड गरेको स्थानीयहरुले ठहर गरेका छन् ।प्रअ झाले पठाएको उक्त पत्रको बोधार्थ वडा कार्यालय, शिक्षा इकाई र गाउँपालिकालाई दिएपछि सम्बध कार्यालयले किन यसमा चासो देखाएनन् । बहुसंख्यक बाहुनहरुको बस्तीमा रहेका संस्कृत माविबाट संस्कृत विषयलाई हटाएर अन्य विषय राख्न अगाडी के प्रअले जनप्रतिनिधिहरु तथा स्थानीय संग छलफल किन गरेन होला ?, पालिका र वडा कार्यालय संग समन्वय गर्यो भने त्यो पनि सार्वजनिक गर्नुपर्दथ्यो होला किन गरिएन ? अहिले सिंगो वडावासीहरु प्रअको कार्यशैली माथि आक्रोशित बनेको बताइएको छ ।संस्कृत मावि मत्सरीमा प्रधानाध्यापकको रुपमा त्रियुगनारायण झा आएदेखि नै विद्यालयको पठनपाठन ध्वस्त भएको, आर्थिक लाभमा चुर्लुम्म डुबेको, अध्ययन अध्यापन भन्दा पनि केही व्यक्तिहरु संग मिलेर आर्थिक चलखेलमा मस्त रहेको, दिवा खाजामा नक्कली विद्यार्थीहरु राखेर रकम दुरुपयोग गर्दै आएको लगायत विद्यालयलाई हानी पुर्याउने कुनै कसर बाँकी नराखेको विद्यालय श्रोतले दाबी गरेका छन् ।संस्कृत माविमा संस्कृतको अध्ययन अध्यापन हुनुपर्ने, अन्य विषयलाई राखेर रकम कमाउने प्रअ झाको गैरकानुनी कार्य विरुद्ध समग्र मत्सरी गाउँवासीहरु एकत्रित भई यस्ता प्रअलाई सबक सिकाउनु आजको आवश्यक्ता रहेको ति श्रोतले भने ।यो समाचार तराई टपमा लेखिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय