अरविन्द कुमार यादव
रौतहट ,१० बैशाख।रौतहटको सदरमुकाम गौर स्थित बुद्ध महाकाव्य लोकार्पण समारोह कार्यक्रम सम्पन्न भएको छ।संजय साह मित्र बृत बुद्ध महाकाव्य लोकार्पण समारोह बुद्ध्री जयन्ती २०८१ गौर नगरपालिकाको सभाहलमा बिहीबार एक कार्यक्रम बिच सम्पन्न भएको हो।
बुद्धको पूरा नाम सिद्धान्त गौतम हो।बुद्धको जन्म ७ दिनको समय देखी होस कार्यकाल सम्म उनको सौतेनी आम गौतेमीले लापपालन गरेको हुनाले गौतम नाम रहन गएको थियो ।बुद्ध शब्द्को अर्थ संस्कृत शब्द बुध जान्नु भने हुन्छ ।पूर्ण रुपमा संसारिक मोहको पिडाबाट जागेका एक महान व्यक्ति ,गुरु ,दार्शनिक ,शिक्षक,पथ प्रदर्शक ,प्रवर्तक हुन बुद्ध ।
२५६८औं बुद्ध जयन्तीको अवसरमा आयोजित बुद्ध महाकाव्य लोकार्पण समारोह रहेको छ।बुद्ध जयन्तीको मौकापारी बज्जिका भाषा उत्थान र विकास बारे चर्चा उद्घोषण बक्ताहरुले गरेका थिए।
उक्त कार्यक्रमका प्रमुख अथिती गौर नगरपालिका नगरप्रमुख शम्भु शाहले भने आउदो दिनमा बज्जिकालाई नगर शिक्षामा गाभिने छु उनले बताए ।मातृभाषालाई अबको दिनमा प्राथमिकता दिने गौर नगरपालिका मेयर शम्भु शाहले प्रतिबद्धता जनाए ।गौतम बुद्धको जन्मस्थलको नाममा केही वर्स देखि विवाद देखि रहदा बुद्ध महाकाव्य लोकार्पणले नेपालमा सिद्धान्त गौतमको जन्म थलो भनी चिनाउने उनले बताए ।
२५६८ औं बुद्ध जयन्तीको उपलक्ष्यमा बज्जिका भाषाको विकास र सम्बर्द्धन गर्ने विषयमा मुख्य चर्चा परिचर्चा भएको थिए।अरु भाषामा एक शब्दको एक अर्थ लाग्ने तर बज्जिका भाषाको अनेकौं अर्थ लाग्ने गरेको एक बक्ताले भने।
महाकाव्य लोकार्पणको आयोजक आकृती क्रीयसन हेटौंडा मकवानपुर र व्यवस्थापन बज्जिका साहित्य संगम,रौतहट गरुडा नगरपालिका ४ ,रौतहट छ।
बुद्ध महाकाव्य लोकार्पण समारोहका प्रमुख अतिथी गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह र अध्यक्षता आकृती क्रीयसन हेटौंडाका अध्यक्ष राम अविकास रहेका थिए।
पूर्व सिडिओ कमलेश्वर सिन्हा,परोहा नगरपालिका शिक्षा संयोजक कृष्णा प्रसाद जयसवाल, मनोहर सिंह, व्यवसायी धर्मनाथ जयसवाल लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।