अरविन्द कुमार यादव
रौतहट ,१४ जेष्ठ । गौर नगरपालिका उपमेयर पद प्रत्यासी नेतृ डा शाहजहां खातून लगायत १० जनालाई काङ्ग्रेस पिछडिएको क्षेत्र समन्वय बिभागमा सदस्य मनोनीत भएको छ। डा.शाहजहां खातून गौर नगरपालिका उपप्रमुख पद प्रत्यासी उमेदवार हुन् ।गत वर्ष भएको स्थानीय चुनाव २०७९ को गौर नगरपालिका उपमेयर प्रत्यासी उमेदवार डा.शाहजहां खातून रहेका छन् ।२६ दिनको अन्तरालमा नेपाली कांग्रेस गौर नगरपालिकाको उप मेयर पदको टिकट लिई वर्तमान उपप्रमुखको प्रमुख प्रतिद्वन्द्वीको रुपमा मत ल्याएर पराजित डा.शाहजहां खातून हुन।
डा.शाहजहां खातून नगरपालिका ,जिल्ला केन्द्र स्तरीय नेताको पहिचान बोकेर हिडेकी नेतृ डा शाहजहांले कांग्रेस पिछडिएको क्षेत्र समन्वय बिभागका केन्द्रिय सदस्य मा मनोनीत भएका छन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
मनोनयन भएका सदस्य :
१. दुधकुमारी हमाल, डोल्पा
२. डा. शाहजहां खातुन, रौतहट
३. स्मारिका विष्ट, काठमाण्डौ
४. उत्तम सिंखडा, धादिङ्ग
५. रामकुमार राई, भोजपुर
६. ऐनबहादुर मल्ल, बाजुरा
७. अर्जुनप्रसाद रेग्मी, पाल्पा
८. नरबहादुर रोकाया, हुम्ला
९. हरिशंकर तिमिल्सेना, दैलेख
१०.हिराप्रकाश गौचन, बाग्लुङ्ग