बमकाण्ड झुठो सावित हुनेमा हामी विस्वथ्य छौ: डाक्टर आलम

पछिल्लाे समाचार

पूजा पाठक

रौतहट ,१६ जेष्ठ ।नेपाली काङ्ग्रेस पार्टी तत्कालीन पूर्व मन्त्री मोहम्मद आफताव आलमलाई २०६४ सालको पहिलो संविधान सभा निर्वाचन क्रममा बम बिष्पोटक काण्डमा मुछिएका जन्मकैद सजाए भोजिरहेका छन् ।

विना कारण जेल जीवन बिताइरहेका नेपाली काङ्ग्रेस नेता मोहम्मद आफताव आलमलाई रिहाई हुनुपर्ने अडान लिई न्याय जनसभा आयोजित गरिएको प्रष्ट छ।

 

रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ५ राजपुरमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति निर्वाचन क्षेत्र नम्बर २ को आयोजनामा मंगलवार बृहद जन सभा सम्पन्न भएको छ।

बम बिषफोट तथा कर्तव्य ज्यान मुद्दाको आरोपमा करागार जीवन बिताई रहेका पूर्व मन्त्रि महमद आफ्ताब आलम लगायतका न्यायको लागि बृहद जन सभाको आयोजना गरिएको हो।

 जनसभाको सम्बोधन गर्दै पूर्व मन्त्रि आलमको पुत्र प्रतिनिधि सभा सदस्य प्रत्यासी डाक्टर फिर्दोस आलमले रौतहट जिल्लामा आफ्नो छुटै पहिचान बनाएका हाम्रो परिवार माथि सड्यन्त्र गरिएको बताएका छन्।

जनताको साथ र विकासमा हरदम सक्रिय रहने बुवा पूर्व मन्त्रि आलमलाइ सड्यन्त्र गरी फसाइए पनि न्यायपालिका माथि हाम्रो विश्वास अटल रहेको बताए।

उहाले जनता संगको लगाब देखेर बुवालाइ फसाइएको पनि उच्च अदालत र सर्बोच्च अदालतबाट न्याय पाउने पूर्ण बिस्वस्थ रहेको उल्लेख गरे।

रौतहट जिल्ला अदालतले बिपक्षमा फैसला गरे पनि माथिल्लो अदालतबाट बुबाले न्याय पाउने विश्वास व्यक्त गरे। बिना प्रमाणको मुद्दा चलाइएको दाबी गर्दै बिपक्षीको सडयन्त्रले हाम्रो परिवार कतै पनि बिचलित नभएको जनाए।

डाक्टर आलमले क्षेत्रको जनताको माया स्नेह हाम्रो परिवार संग बिगत देखी नै रहेको र भविश्यमा नै रहने बताए।

कार्यक्रममा राजपुर नगर पालिकाका मेयर एवम् पुर्ब मन्त्रि आफ्ताब आलमका छोरा डाक्टर मोहमद राजिक आलमले अदालतले दिएको फैसलालाइ सम्मान गर्दै न्यायिक लडाईलाइ निरन्तरता दिदै अघि बढी रहेको बताएका छन्। उनले बुबा माथि लगाइएको आरोप मिथ्या साबित हुने दाबी गरे।

आफ्नो परिवार माथि झुठा आरोप लगाएर कमजोर पर्यो योजनाले अलिकति पनि कमजोर नभएको जिकिर गरे। जाल झेल सड्यन्त्र गरी प्रमाण नै नभएको घटनाको दोषी बुवा लगायतका अन्य व्यक्तिलाइ बनाईएको भनाइ उहाको रहेको छ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका किरण साह माथि लक्षित गर्दै मेयर आलमले भने बलियो भएको नसोच्चे हुन्छ। शुरु अदालतको आएको फैसला अन्तिम फैसला नभएकोले आफु न्याय पाउने विश्वास रहेको बताए।

जनताको सेवा गर्नुको साटो बिभिन्न मुद्दामा फसाएर दुख दिने नेतालाइ आउने दिनमा क्षेत्र नम्बर २ का न्यायप्रेमी जनताले तह लगाउने दाबी गरे।

जन सभामा नेपाली कांग्रेसका जिल्ला सचिब रामचन्द्र गिरि, परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल, नेपाल तरुण दलका केन्द्रिय सदस्य शेख नौशाद आलम लगायतका बक्ताहरुले कारागार जीवन बिताई रहेका पूर्व मन्त्रि आलम सहितका व्यक्तिलाइ न्यायपालिका बाट एक दिन निश्चित रुपमा न्याय पाउनेमा ढुक्क हुन सबै संग आग्रह गरे।

२०६४ सालको पहिलो संबिधान सभाको निर्वाचनमा मतदान हुनु पुर्ब संध्यामा भएको बम बिषफोटको घटनामा मृत्यु हुने त्रिलोक प्रताप सिंहको बुवा श्री नारायण सिंहले दिएको जाहेरीको आधारमा पक्राउ गरी चलाइएको बम बिषफोट, ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्दामा आलम सहित ४ जनालाइ रौतहट जिल्ला अदालतले गत बैशाख १३ गते जन्म कैदको फैसला सुनाएको हो।

.

spot_imgspot_img
spot_img

लोकप्रिय