अरविन्द कुमार यादव
रौतहट ,२०जेष्ठ ।यातायात कार्यालय गौर,रौतहटको ट्रायल सेन्टरबाट बिचौलीयालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहट जिल्लाका सदरमुकाम गौर स्थित रहेको यातायात कार्यालयको ट्रायल सेन्टरबाट बिचौलीयाहरुले सवारी अनुमतिपत्र बनाइ दिने कुरा लगाएर सेवाग्राही शीत पैसा असुलको प्रहरी समक्ष गुनासो पुग्न साथ दुई जना बिचौलीयालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताए ।
पक्राउ पर्नेमा चितवन भरतपुर १० बस्ने वर्ष ४५ को रमेश पाठक र गौर नगरपालिका वडा नंबर १ बस्ने बर्ष ४८ को श्याम नारायण साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।
बिचौलीयाहरु उपर म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक गिरीले जनाए।