अरविन्द कुमार यादव
रौतहट, २३ जेष्ठ । रौतहट जिल्लाको परोहा नगरपालिका -४ पोखरिया टोलमा राम जानकी मठको क्पाउण्ड वाल तथा गेट निर्माणकार्य शिलान्यास भएको छ ।
जनता समाजवादी पार्टी नेपालको राजनीतिक सदस्य तथा रौतहट क्षेत्र नं २ (ख) को पुर्व प्रदेशसभा सांसद माननीय रामकिशोर प्रसाद यादवद्वारा आज एक कार्यक्रम अन्तर्गत प्रदेश सरकारको योजनालाई निरन्तरता दिई भुमि पुज्न अर्थात शिलान्यास गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्रालय, मधेश प्रदेश सरकारको २०( बिस) लाखको लगतमा परोहा नगरपालिका-४ पोखरिया टोलमा रहेको रामजानकी मठको क्पाउण्ड बाल तथा गेट निर्माणकार्य शिलान्यास भएको छ ।
धार्मिक सांस्कृतिक मूल्य मान्याता एवम परंरागत रुपमा समाजमा ब्याप्त रहेका नैतिक ब्यवहारहरुको संरक्षण एवम जगेर्नाको लागि रामजानकी मठको क्पाउण्ड बाल तथा गेट निर्माणकार्यको शुभारम्भ भएको छ। शिलान्यास कार्यक्रममा समाजसेवी , साथै स्थानीय सामाजसेवी एवम बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । नागरिकहरुलाई सम्मान स्वरुप गमछाओढाई कार्यक्रमलाई अगाडि बढाएको थियो ।
सो शिलान्यास कार्यक्रममा जसपा नेपालको रौतहट , सर्लाही इन्चार्ज युवा नेता तथा युवा समाजवादीको राम आशिष यादव, वडा अध्यक्ष जवाहरलाल यादव , ,युवा नेता राम प्रवेश यादव , चन्दन यादव , लखिन्द्र कुशवाहा , भिम सिंह , पार्टीका कार्याकर्ता तथा नेतागणहरुको उपस्थिति रहेको थियो ।