गौर नगर सभाको १४ औं अधिवेशन सम्पन्न

पछिल्लाे समाचार

 

अरविन्द कुमार यादव

रौतहट ,७ असार।रौतहटको गौर नगरपालिकाको नगरसभा १४ औं अधिवेशन सभ्य भव्यरुपमा सम्पन्न भएको छ।रौतहटको सबभन्दा पुरानो तथा पहिलो नगरपालिका गौर हो।नगरको सभा हलमा आयोजित १४ औं अधिवेशनबाट सर्वाङ्गी विकासको लागि ५९ करोड बजेट बिनियोजन गौर नगरपालिका वर्डा नम्बर ९ का वडाध्यक्ष तथा नगर प्रवक्ता अर्जुन कुमार सिंहले वाचन गरेर प्रस्तुत गरेका छन् ।

 

शिक्षा , स्वास्थ्य , पर्यटन , पुर्वाधार र ब्यापार , सुन्दर , समृद्ध तथा समुन्नत गौर आधार नाराको साथ गौर  नगरपालिकाले आर्थिक वर्ष २०८०१/०८२ मा ५९ करोड ३२ लाख ६५हजार ६ सय अनुमानित  बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको  नगरप्रमुख शम्भु साहले  उद्घाटन गर्दै बजेट प्रस्तुत गरेका छन्  । चालू आ.वका लागि कुल संशोधित बजेट  ६५ करोड ११ लाख ८० हजार नगरसभाबाट  स्वीकृत भएको छ ।

गुणस्तरीय शिक्षाका लागि गौर नगरपालिकालाई आकर्षक शैक्षिक हबका रुपमा विकास गर्दै लगिनेछ।

आमा सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ।साथै घुम्ती शिविर संचालन गरि सबै वडामा भिडियो x-ray द्वारा गर्भवती परिक्षण हुने व्यवस्था मिलाइनेछ।

 

स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धि विधेयक, पूर्वाधार, सुशासन, खेलकुद, कृषि तथा पशु, उद्यमशीलता तथा प्रवर्द्धन, उद्योग तथा व्यापार, पर्यटन, सार्वजनिक निजी साझेदारी, समाजिक विकास, स्वास्थ्य तथा पोषण, महिला बालबालिका किशोर किशोरी, जेष्ठ नागरिक, अपांगता तथा समाज कल्याण, समाजिक विकास, सुरक्षा तथा संरक्षण, सूचना तथा संचार, विपद् व्यवस्थापन लगायतका दर्जनौं लोक कल्याणकारी नीति प्रस्तुत गरिएको छ ।

 

 

नगरपालिकाका नगर प्रमुख शम्भु साहले आर्थिक पक्ष, ऐन तथा कार्यविधि प्रस्तुत गरेका थिए । गौर  नगरपालिकाको अनुमानि कुल बजेट ५७ करोड १ लाख ६९ हजार  ६ सय ९० मध्ये १२ औं नगर सभाबाट चालु आ. व. को लागि रु. ५७ करोड १ लाख ६९ हजार  ६ सय ९० अनुमानित बजेट प्रक्षेपण गरिएको छ ।

चालु आ. व. को जेष्ठ मसान्त सम्म रु ४८ करोड ७० लाख ३ हजार ४ सय १८ अर्थात कुल अनुमान् ८५.४१ प्रतिशतआम्दानी प्राप्त हुन आएकोमा सोही अवधीमा रु . ४० करोड ९१ लाख ४५ हजार १ सय ६१ अर्थात कुल बजेट ७१.७६ प्रतिशत खर्च भएको हो।

गौर नगर सभामा १ देखि ९ वर्डा सम्मका वर्डा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुकोफुल बहुमत रहेको बुझिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय