एसईइ परीक्षा सर्वोकृत स्थान लियाएर रौतहटको शान बढाएकोमा अञ्जलीलाई बधाई तथा शुभकामना

पछिल्लाे समाचार

facebook sharing buttonरौतहट, १३ असार । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत अंक ल्याएर उर्तिण हुने अञ्जली कुमारी झाले मत्सरी मात्रै नभई सिंगो रौतहट जिल्लाको शान बढाएकी छिन् ।

रौतहट दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरी निवासी अशोक झा छोरी अञ्जलीकुमारी झा दुर्गा भगवती वडा नम्वर १ स्थित बाल निकेतन रेसिडेन्टल स्कुलमा कक्षा १ देखि अध्ययन गरेका थिए । उनी पढ्नमा अत्यन्तै लगनशिल मेहनेती को साथै एकदमै अनुशासित छात्राको रुपमा रहेको उक्त विद्यालयको संस्थापक अश्वीन चौधरीले बताए ।
कक्षा ८ देखि नै उनी सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाबाट एसइई परीषामा सहभागी भइन् । ०३५००४६६ एच सिम्बल नम्बरबाट एसईईको परीक्षा दिएकी थिइन । आज नतिजा प्रकाशित हुँदा उनी शतप्रतिशत अर्थात (४ जिपीए) ल्याए जुन नेपालमै १८६ जनाले मात्रै ल्याउन सके ।
आज प्रकाशित भएको एसईईको परीक्षाको नजितामा देशभरीमै शतप्रतिशत (४ जिपिए ) नम्वर ल्याएर १८६ जना छात्रछात्राहरु उतिर्ण भएका मध्ये रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका मत्सरीका छात्राले पनि आफ्नो नाम र स्थानलाई २०८० सालको एसईई परीक्षामा स्वर्णीम अक्षरले लेखाउन सफल भएकी छिन्् । समाचार तयार पारुणजेल सम्म रौतहट जिल्लाकै पहिलो तथा देशमै उत्कृष्ट छात्रा बन्न सफल भएकी छिन्।तराई टप

 

spot_imgspot_img
spot_img

लोकप्रिय