अरविन्द कुमार यादव
रौतहट ,२० असार।रौतहटको गौर नगरपालिका वर्डा नम्बर ५ का राहुल कुशवाहालाई सामुहिक हत्या गरेको रहस्य बाहिरीएको छ।मृतक राहुलको आमाले भनिन मेरो छोराको सामुहिक हत्या पूर्व योजना बनाएर गरेको पिडितले आरोप लगाए ।
मृतक राहुललाई हत्या गर्ने रितेश कुशवाहा,समीर कुशवाहा,मोहम्मद रेहान र नितल राणा माथी किटानी जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले मानेको छैन पिडित आमाले बताईन।
२०८१ जेष्ठ ३१ गतेको दिन काठमाडौं पढीरहेको बेला हत्या आरोपितहरुले मृतक राहुल कुशवाहालाई फोन गरि बोलाई त्यही दिन ३ बजेको समयमा खाजा खाएर छोरालाई लगेको पीडित आमाले बताए ।
मिति २०८१÷२÷३१ का दिन दिउँसो ३ः०० वजेको समयमा घर वाट खाजा नास्ता खाई रितेश कुशवाहा, समीर कुशवाहा, मो. रेहान र नितल राणा समेतले मेरो छोरा लाई बोलाई संगै लगी शरीर वन्धकी राखी मेरो छोरा राहुल राज कुमार कुशवाहा राती सम्म घर फर्की नआएकोमा चिन्ता लागि छोरालाई खोज तलाश गर्दा फेला नपरेकोमा रितेश कुशवाहा, समीर कुशवाहा, मो. रेहान र नितल राणा समेतको घरमा गई सोधपुछ गर्दा विपक्षीहरु पनि घरमा नरहेको सोको भोली पल्ट खोज तलाश गर्दा गर्दैको अवस्था रहेको थियो ।
मिति २०८१÷३÷१ गतेका दिन जिल्ला रौतहट राजदेवी न.पा. अन्तर्गत पर्ने वाग्मती नदीको पताही घाटमा वसतपुर प्रहरी चौकीको प्रहरीले मृत्क लाश वरामद गरी सो मृतक लाश गौर प्रादेशीक अस्पतालमा ल्याई पोस्टमार्टम को लागि जिल्ला प्रादेशीक अस्पतालमा आई उक्त मृतक लाशलाई हेर्दा मेरो छोरा राहुल राज कुमार कुशवाहा नै रहेको पहचान गरेको हुदा मेरो छोरालाई विपक्षीहरुले आर्थिक लोभमा परी मेरो छोराले प्रयोग गरेको एटीएम कार्ड र मोबाईल बैंकीङ्ग सेवा समेत वाट रकम झिकने र छोरा लाई पूर्व योजना अनुसार मेरो छोरालाई घाटी थिची कर्तव्य गरी ज्यान मारेको मृतकको आमाले जानकारी दिए ।