अरविन्द कुमार यादव
रौतहट ,२० गते असार ।रौतहटमा मानव बेचबिखन विरुद्धको संस्थाले भारतमा ९ दिन देखि लुकाएर राखिएको नेपाली चेलीलाई उद्धार गरेको छ।
भारत बिहार बैरगनिया स्थित नेपाली चेलीलाई ९ दिन देखि लुकाई छिपाई राखिएको अवस्थाबाट मानव बेचबिखन विरुद्ध काम गर्ने साना हातहरु नेपालको गौर शाखाद्वारा खटिएको कर्मचारीले उद्धार गरिएको हो।
गत हफ्ता असार ११ गते देखि १५ वर्षीय समिरा बस्नेतलाई बेपत्ता गराएको थियो।
जिल्ला चितवन भरतपुर नगरपालिका वडा २१ बस्ने श्याम बस्नेतको छोरी १५ वर्षीय समिरा बस्नेतलाई बेपत्ता गराएको थियो।
एक हफ्ता देखि लुकाई छिपाई राख्ने भारतीय केटालाई त्यहाको प्रहरी प्रशासनलाई जिम्मा लगाइएको छ।
पिडित पक्षले मानव बेचबिखन विरुद्ध काम गर्ने संस्था सना हातहरु नेपाल गौर शाखामा उजुरी दिएपछी नेपाल सशस्त्र प्रहरी ,भारतीय एसएसबीको सहयोगमा भारतको बैरगनिया रेल्बे स्टेसनबाट सकुशल उद्धार गरि हिजो असार १९ गते बुधबार का दिन अभिभावकलाई जिम्मा लगाइएको संस्थाका कर्मचारी अरुण पटेल र ललन यादवले बताए ।