गरिब संग नगर प्रमुख कार्यक्रम अन्तर्गत ग्यास चुल्हो सिलिन्डर वितरण 

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२८ श्रावण ।रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ अवस्थित परोहा नगरपालिकामा गरिब संग नगर प्रमुख कार्यक्रम अन्तर्गत ग्यास चुल्हो सहित सिलिन्डर वितरण प्रारम्भ गरिएको छ।

गरिब ,निमुखा र असहायहरुलाई बेलाबेलामा सहयोग गर्ने उदेश्य संचालित गरिब संग नगर प्रमुख कार्यक्रमबाट परोहा नगरपालिका भित्रका आरक्षित व्यक्तिहरुलाई आज देखि ग्यास सेट वितरण सुरु भएको हो।

लौकाहा विद्यालयको प्रांगणमा ग्यास चुल्हो ,सिलिन्डर र लाइटर समेत वितरण गरिएको छ।परोहा नगरपालिकाको नगर प्रमुख पदमा दोस्रो पटक निर्वाचित पश्चात् यस्तै कार्यक्रम गरेर जनताको सेवामा व्यस्त रहेको एक सेवाग्राहीले बताए ।

नगर क्षेत्र भित्रका जनताहरु मध्येबाट निकै असहाय ,निमुखा र दैनिकी दाउरा किन्न नसकनेलाई एक क्लस्टर बनाई ग्यास वितरण भइरहेको छ।

परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल र उपप्रमुख सुगांधी गिरीको संयुक्त हातबाट  ग्यास चुल्हो सहित सिलिन्डर वितरण सुरुवात भएको थियो।

नगरवासी असहाय ,दलित,निमुखा परिवारलाई ग्यास,चुल्हो ,सिलिन्डर र लाइटर सहित २०३० सेट जम्मा वितरण गरिने परोहा नगरपालिकाको प्राविधिक शाखा प्रमुख ईन्जिनियर दिपेन्द्र यादवले बताए।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस  परोहा नगर समिती नेता शेख जुमाई ,परोहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत महफुज आलम लगायत कर्मचारी ,स्थानीय प्रहरी प्रशासनको उपस्तिथि थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय