अरविन्द कुमार यादव
रौतहट ,३० श्रावण ।रौतहटको गौर नगरपालिकाद्वारा वास्तविक तथ्यांक तयार पार्न तयारी हुँदै छ।नगर भित्र गाँस वास कपास लगायत पूर्वाधारहरुको भोग बारे तथ्यांक निकाल्न पालिकाले टोली खटाइदै छ।
गौर नगरपालिकाको समग्र विकास र समृद्धिको लागि गौर नगरपालिका भित्रका प्रत्येक घरको घरधुरी सर्वेक्षण हुने भएको छ ।
यो सर्वेक्षणमा प्रत्येक घरको घर नम्बर दिनेछ, खाने पानीको सुविधा छ कि छैन, घरमा कति जना छ ,घरको प्रकार, नक्सा पास छ कि छैन, शौचालयको सुविधा र प्रकार (पक्की, कच्ची, भएको) , चल्होको प्रकार, विधुत सुविधा छ कि छैन, विद्यालय जाने र नजाने बालवालिको विवरण, पेशा, शिक्षा, स्वास्थ्य समस्या ईतयादीको सर्वेक्षण मिति २०८१/०५/१ गते देखी शुरू हुने भएको छ ।