गौरमा एक वृद्धको चक्कु हानी हत्या

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,३० श्रावण ।रौतहटको सदरमुकाम गौरमा एक जना वृद्धलाई चक्कु हानी हत्या भएको तथ्य बाहिर आएको छ।गौर नगरपालिका वर्डा नम्बर ५  झोलुंगे पुलको दक्षिण पट्टीको धान खेतमा एक बृद्धको शव फेला परेको छ।

रौतहटको गौर नगरपालिका वर्डा नम्बर ५ कोइरी टोलमा गए राति धारिलो हत्यार प्रयोग गरि हत्या गरेको हो।

गौर नगरपालिका को वडा नं. ५ कोइरी टोलका ७४ वर्षिय अनिरुद्ध महतोको हत्या भएको अवश्थामा आज बिहान शव फेला परेको हो । महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले बताए ।

महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको उपरिक्षक घिमिरेले जनाए ।

घटनास्थलमा पुगेको प्रहरीले अहिले सो स्थानमा अनुसन्धान कार्य गरिरहेको उनले बताए ।

केही महिना  यता देखि चक्कु हानी हत्या गर्ने घटनामा वृद्धि भएको स्थानीयहरुको भनाई छ।

spot_imgspot_img
spot_img

लोकप्रिय