धरान ,३१ श्रावण ।बंगलादेशको राजनीतिक घटना भएपछि नेपालमा समेत त्यस्ता खालका घटना हुनसक्ने आशंका भएपछि प्रशासनले उच्च सतर्कता बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बंगलादेशको जस्तो घटना हुनेमा आशङ्का गरेका छन । जिल्ला प्रशासन कार्यालय सुनसरी यस्ता किसिमका घटना हुनसक्ने आशंका गर्दै उच्च सतर्कता गराएको छ । प्रशासनले आज जिल्लाबासीको नाममा एउटा अनुरोधपत्र जारी गरिएको छ ।
बंगलादेशको जस्तो घटना हुनसक्ने आशङ्का गर्दै सामुहिक रुपमा भेला जम्मा नहुन अनुरोध गरिएको छ । जारी अनुरोध पत्रमा -” छिमेकी मित्रराष्ट्र बंगलादेशमा विकसित राजतीतिक घटनाक्रमलाई लिएर विभिन्न धार्मिक तथा राजनैतिक अतिवादी समूहहरुले चलखेल गर्ने संभावनालाई मध्यनजर गर्दै सबै धार्मिक समुदाय र संस्थाहरुलाई संयमता अपनाउन र बेमेल बढाउने कुनै खालका अभिव्यक्ति र गतिविधि नगर्ने साथै तत्कालका लागि आ-आफ्नो परम्परा र रिती रिवाज अनुसार गर्नुपर्ने कार्यक्रम वाहेक सामुहिक रुपमा भेला जम्मा नहुन अनुरोध गर्ने गरी मिति २०८१।०४।२८ गते बसेको सर्वपक्षीय भेलाबाट निर्णय भएको हुँदा सोही अनुसार गर्नु गराउनुहुन सम्वद्ध सबै पक्षलाई जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ उल्लेख छ ।”