गौरमा कृषि तथा पशु सेवा केन्द्र भवन शिलान्यास गरे नगरप्रमुख शम्भु शाह

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,३२ श्रावण ।गौर नगरपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास योजनाको आर्थिक सहयोगमा कृषि तथा पशु सेवा केन्द्र भवनको शिलान्यास भएको छ।

रौतहट जिल्लाको गौर नगरपालिका कार्यालयको दक्षिण पट्टी ग्रामीण  उद्यम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा निर्माण हुने कृषि तथा पशु सेवा केन्द्र भवन गौर नगरपालिकाको नगर प्रमुख शम्भु शाहद्वारा शिलान्यास गरिएको छ।

शिलान्यास पश्चात बोल्दै उनले किसानलाई कृषि र भेटेरीनरी का सेवाहरु दिने उद्देश्यका साथ नगरमा उक्त केन्द्रको भवन निर्माण थालिएको बताए । उनले उक्त भवनबाट कृषि प्रयोगशाला अन्तर्गत माटो परिक्षण, पोखरीको पानी परिक्षण, विउ तथा वालीमा लाग्ने रोगको परिक्षण, पशु प्रयोगशालामा गोबर परिक्षण, पशुको रगत तथा पिसाब परिक्षण, पशुको शैल्यक्रिया परिक्षण, पशुको अल्टरा साउण्ड सहितका सेवाहरु दिन सकिने बताए ।

यो भवन यहाँ ल्याउनका लागि सुरुदेखी नै पहल थियो, धेरै प्रयास गरियो, जे होस ल्याउन सफल भयौँ’ उनले भने यसको निर्माणले भोलीका दिनमा यहाँका किसानहरुले मात्रै नभई आसपासका पालिकाहरुका किसानहरुले पनि ल्याब सहितको कृषि सेवा प्राप्त गर्नेछन भन्ने विश्वास लिएका छौ । गौर नगरपालिका तथा रौतहट जिल्ला भरीको किसानहरुको सहजताका लागि कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।

ग्रामीण  उद्यम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा १० कोठा भवन बन्न लागेको हो ।

भबनको ठेक्का २ कराड ४० लाख ४० हजार रुपैयामा सियम कन्ट्रकर्सनले लिएको छ । २०८२ साल बैशाख मसान्त सम्म काम सम्पन्न हुने  गौर नगरपालिकाका नगर प्रमुख शम्भु शाहले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय