राजदुत नियुक्ति समानुपातिक करण गराउन र मधेश विश्वविद्यालय प्रति कु भावना हटाउन जसपा नेपाल रौतहटको माग

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२६ भदौ।जनता समाजवादी पार्टी नेपाल रौतहटले मधेश कृषि विश्वविद्यालय राजविराज ,मधेश विश्वविद्यालय बिरगंज र १८ देशमा राजदुत नियुक्ति प्रक्रिया प्रती ध्यानाकर्षण जनाउदै जिल्ला प्रशासन कार्यालय रौतहट सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय तथा मधेश प्रदेश मुख्यमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो।

एकल पहिचान तथा जातिको भेषभुसा भएको व्यक्तिलाई मात्र नेपाल सरकारले १८ देशमा राजदुत नियुक्त गरेकोमा जनता समाजवादी पार्टी नेपाल रौतहटले आपत्ती जनाएको छ।साथै मधेश कृषि विश्वविद्यालय राजविराज र मधेश विश्वविद्यालय बिरगंजको शैक्षिक कार्यक्रम तथा भौतिक संरचना बाताबरण बनाउनेतर्फ जोड दिलाउन मधेश सरकार संग जोडदार माग गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

राजदुत नियुक्ति प्रक्रिया एकल जातिय भएको ठहर्याउदै सो कार्यलाई समानुपातिक प्रक्रियामा लैजान जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला अध्यक्ष श्यामविहारी यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादव मार्फत प्रधानमन्त्री कार्यालय ,काठमाडौलाई ज्ञापनपत्र बुझाइएको हो।

नेपाल सरकार गरेको निर्णय नसच्चियाए र मधेश सरकारले विश्वविद्यालय प्रती कुभावना दृस्टी ठिक गरि कार्य अगाडि नबढाएमा बाध्य बनेर जनता समाजवादी पार्टी रौतहट त्यसको प्रतिकारमा उत्रीने ज्ञापनपत्र उल्लेख गरिएको छ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय ,प्रदेश र जिल्ला स्तरका नेताकार्यकर्ताहरुको उपस्थितिमा दिएको ज्ञापनपत्र उलेखित समस्याहरु बारे प्रधानमन्त्री कार्यालय तथा मधेश प्रदेश मुख्यमन्त्री कार्यालय समक्ष अवगत गराउने सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादवले प्रतिबद्धता जनाए।

spot_imgspot_img
spot_img

लोकप्रिय