सीके राउत ले हाले श्रीमती संग सम्बन्ध विच्छेद मुद्दा

पछिल्लाे समाचार

रौतहट ,२७ भदौ ।जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा हालेका छन् ।

२०७९ मंसिरको प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी एक वर्षमै राष्ट्रिय दल बन्न सफल भएको थियो । राउतले पार्टीलाई सफल बनाउन दिनरात मेहनत गरेको जनमानसमा भिजेकै कुरा हो ।

राजनीतिक क्षेत्रमा राउतले सफलता हात पारे तापनि उनले आफ्नो वैवाहिक जीवनलाई सफल पार्न सकेका छैनन् भन्ने कुरा सम्बन्ध विच्छेदको मुद्दाले प्रष्ट पार्दैछ।लामो समयसम्म श्रीमान्-श्रीमती अलग बस्नु, पारिवारिक व्यवस्थापनमा ध्यान नदिनु को कारण सम्बन्ध विच्छेद हुन गएको हो ।

राउतले दुई हप्ता अघि ललितपुर जिल्ला अदालतमा श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा हालेको स्रोतले जानकारी दिएको छ । सिन्धु रानी भारतीय नागरिक हुन् । उनका दुई छोरी र एक छोरा छन् । राउतले फिरादपत्रमा सम्बन्ध विच्छेदको कारण पनि खुलाएका छन् ।

राउतले हालेको मुद्दामा श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख रहेको अदालत स्रोत बताउँछ । प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दा शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गरेका छन् । यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुने कानुनका जानकार बताउँछन् । आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, घरपरिवार र बच्चाको रेखदेख नगरेकाले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा जनाएका छन् ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ९४ मा कानून बमोजिम अंश लिइ वा मानो छुट्ट्याएर पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिइ लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा वा पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ ।

पुरुषहरूले पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिनुले समाजमा पुरुषहरुमाथि पनि हि‌ंसा ,मानसिक यातना भइरहेको कुराले संकेत गरेको छ ।

महिला हिंसाको कुरामात्रै बाहिर आउने पुरुषहरुको पीडा बाहिर नआएको कारण सम्बन्ध विच्छेद गर्न खोज्दा पनि सहज नभएको स्रोतले बताए । “आपसी सम्बन्ध राम्रो नभएपछि छुट्टिन चाहदा पनि महिलालाई जत्ति सहज पुरुषलाई नरहेको, तर पनि कानुनी संघर्षमा लागि रहेका छन् । कानुनले पुरुषलाई पनि सम्बन्ध विच्छेदको लागि बाटो खुकुलो गरेको भएपनि सहज नभएको स्रोत जानकारी दिएका छन्।

सप्तरीमा जन्मिएका राउतले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन् । उनले बेलायतको क्याम्ब्रिज विश्व विद्यालयबाट विद्यावारिधि गरेका छन् । उनले ‘वैरागदेखि बचावसम्म’ पुस्तक पनि लेखेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय