अरविन्द कुमार यादव
गौर,२७ भदौ।रौतहटको धरहरी गाउँका मठको पुजारी गाजा बिक्रीवितरण गरिदै पक्राउ परेको छ।रौतहटको देवाही गोनाही नगरपालिका क्षेत्र भित्र रहेको श्री रामजानकी मठको पुजारी ११०० ग्राम गाजा सहित प्रहरीले पक्राउ गरेको हो।
विगत २० वर्ष देखि श्री रामजानकी मठ धरहरीको महन्त सिकिन्द्र यादवले मठको कार्यभार सम्हालेर चलाइरहेका गाजा बिक्रीवितरण गरिरहेको रहस्य बाहिरिएको छ।रौतहटको देवाही गोनाही नगरपालिका वर्डा नम्बर ९ धरहरी गाउँका पुरानो मठ(श्री रामजानकी मठ)को पुजारी भएर युवाहरुलाई कुलतमा फसाइ रहेको मुख्य आरोपित सिकिन्द्र यादवलाई देवाही गोनाही ईलाका प्रहरीले रङ्गेहात पक्राउ गरेको हो।
श्री रामजानकी मठका महराजी सिकेन्द्र ३ वटा बिहे गरेर मठमा पुजापाठ गर्दै आइरहेको एक स्थानीयले बताए।उनको तीन वट्टा श्रीमती छुटापतर गरेको व्यक्तिले धर्मको आडमा कुकर्म कार्यमा संलग्न रहेको स्थानीयले आक्रोश बनेको छ।
हिजो बुधबार बेलुका ४ बजेको समयमा देवाही गोनाही इलाका प्रहरी कार्यालयका कमाण्डबाट खटिएका टोलीले सुराकीको आधारमा रामजानकी मठको पुजारीले ११०० ग्राम गाजा र ३० वटा गाजा पुरिया बेच्दै गर्दा रङ्गेहात प्रहरीले पक्राउ गरिएको हो।
श्री रामजानकी मठ धरहरीका पुजारी सिकेन्द्र यादवलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय गरुडामा राखिएको र गाजा बिक्रीवितरण गरेको आरोपमा पुजारी माथी लागू औषध ओसारपसार मुदा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ।