अरविन्द कुमार यादव
गौर,१६ असोज।पचरौता नगरपालिकाको मेयर जलंधर सिंह कुर्मीले राहत र स्वास्थ्य चेकजाच सहितका टोली लिएर हिजो मंगलबार रौतहट पुगेको छ।छिमेकी जिल्ला बाराको पचरौता नगरपालिकाको नगर प्रमुख जलंधर सिंहले राहत खाद्यान्न सामाग्री सहित खाना पकाई बाढी पीडितलाई खुवाउने उदेश्य साथ स्वास्थ चेक अप गर्ने टीम लिएर आएका हुन् ।

रौतहटको राजदेवी नगरपालिका वर्डा नम्बर ८ लक्षमीपुर बेलविछवा गाउँ खास गरि अधिक बाढ पीडित रहेको हुदा खानाको कमी र शरीरमा रोग नलागोस भनी समयमै राहत तथा स्वास्थ्य शिविर मेयर जलंधर सिंह कुर्मीले सचालन गरेको बताए।
लक्षमीपुर बेलविछवा हिजो राती देखि खाना र स्वास्थ्य शिविर संचालित छ भने दुर्गाभगवती गाउँपालिका वर्डा नम्बर ५ बडहरवा गाउँमा आज विहान देखि उक्त सिविर संचालनमा आएको छ।
नेकपा एमाले बाट निर्वाचित बारा जिल्लाको पचरौता नगरपालिकाको नगर प्रमुख जलंधर सिंह कुर्मीले रौतहटमा बाढी पीडित क्षेत्रमा पानी रहुन जेल सम्म र पीडितहरुले स्वयं बास खाना पकाउने अवस्था न आउन जेल सम्म उक्त शिविर संचालनमा रहने हाम्रो टीमद्वारा सेवा सुचारु रहने बताए।
उक्त शिविरमा पचरौता नगरपालिका उपप्रमुख ,नगर प्रवक्ता,नगर प्रहरी,स्वास्थ्यकर्मी र मेस संचालन गर्ने लगायतका १ सय ५० जनाको टीम सक्रिय रुपमा परिचालित भएको मेयर कुर्मीले जानकारी दिए।
त्यस्तै परोहा नगरपालिका वर्डा नम्बर ३ तेजापाकड गाउका पीडितहरु राहत सामाग्री सहयोग गरिने कार्यक्रम तय आज हुने छ।





