अरविन्द कुमार यादव
रौतहट ,१७ असोज।पानी अवरोध हटाउने गरि गौर नगर क्षेत्रमा सडकमा लचका निर्माण हुने मेयर शम्भु साहले जानकारी गराएका हुन्।
रौतहटको सदरमुकाम गौर लगायतका क्षेत्र वर्षायाम र बाढी आएको बेलामा गैर प्राविधिक एवं पानी निकास न हुने गरि निर्माण गरिएको हुँदा यसबाट डुबान पर्न गएकोले छिटोछरितो पानी निकासको लागि लचका निर्माण गरिने छ।
गौर नगरपालिका जिल्ला सबभन्दा तलो र लालबकैया,बागमती तथा बैरगनिया बाधले घेरिएको क्षेत्र हो।जहाँ वर्षाको पानी र बाढको पानी आउदा निकासी हुन २/३ दिन सम्म लाग्ने गरेको सर्विददै छ।
नगरपालिकाको प्रत्येक वर्डाहरुमा सडक निर्माण हुदा खेरी साइफन(बामा) लगाउने बाताबरण नरहेको बेला बाटो निर्माण भएपछी पानीको निकासमा अवरुद्ध हुने गएको हो।पहिला बामा सहित निर्माण भएका सडकमा सो बामा घर धनी,जग्गा धनीहरुले जाम गरदिएको हुनाले डुबान पर्ने समस्याहरु देखापरेको छ।
डुबान क्षेत्र नबनोस उदेश्यले गौर नगरपालिका भित्र निर्माण गरिएका सबै सडकमा पाएक ठाउँमा लचका निर्माण कार्य यही कार्तिक मसान्त देखि सुरु गराइने मेयर शम्भु साहले नगरवासीहरुलाई अवगत गराउदै बताए।