पूर्व प्रधानमन्त्री माधव नेपालद्वारा रौतहटमा बागमती र लालबकैया नदीबाट भएको क्षती निरीक्षण 

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,१८ असोज ।नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको राष्ट्रिय अध्यक्ष माधव कुमार नेपाल रौतहटको बाढ ग्रसित क्षेत्र अवलोकन गरेका हुन् ।रौतहटको क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य माननीय माधव कुमार नेपालले राजदेवी नगरपालिका वर्डा नम्बर ८ लअक्षमीपुर गाउँमा बाढी पिडित शीत भेटघाट र भौतिक ,कृषि क्षती भएको अवलोकन गरेका छन् ।

 

गएको शनिबार असोज १२ गतेको राती बागमती नदीले राजदेवी नगरपालिका माठ नजिक बाधलाई भत्काएर नजिकका गाउँमा डुबान परेको थियो।बाधलाई मर्मत गराउन नदी नियन्त्रण कार्यालयका डि इ लाई फोन गरेर निर्देशन दिएको पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बताए।

त्यस्तै क्षेत्र नम्वर १ अन्तर्गत दुर्गाभगवती गाउँपालिका वर्डा नम्बर ५ बडहरवालाई झाझ खोलाले झनै क्षती पुर्याएको र गढीमाई नगरपालिका वर्डा नम्बर ६ धर्मपुर गाउँ स्थित बागमती नदीले पुल दक्षिण र उत्तर बाध भत्काएर नजिक गाउँ डुबान परेको हुदा जनजिवन निकै प्रभावित भएको उनले दुख व्यक्त गरे।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल रौतहटको क्षेत्र नम्बर १ देखि ४ सम्म बागमती नदीले क्षती पुर्याएको अवलोकन गरेपछि एनजिओ आइएनजिओ लाई राहत बाड्न आग्रह गरेका थिए।

लालबकैया नदीले परोहा नगरपालिका वर्डा नम्बर ३ तेजापाकड र बौधिमाईको अजगैवी स्थित बाध भत्काएर नजिक क्षेत्र डुबान पारी क्षतिलाई अवलोकन गर्दै एनजिओ आरडी नेपाल र एनजिओ पतंजलीलाई राहत सहयोग गर्न आग्रह गरे।

 

रौतहटको विकास निर्माणको सवालमा काम गर्नेलाई गर्ने,काम नगर्नेलाइ नगर्ने भन्नै पर्छ ।जिल्ला विकासमा मेरो अहमभुमिका गौर बैरगनिया मितेरी पुल,क्रातिद्वार प्रवेश द्वार,गौर नर्सिंग होम ,गौर चपुर हाइवे सडक स्थायी रुपमा रहेको उल्लेख गर्दै उनले भने अरु नेताहरुको विकास खोइ ,कागजमै सिमित छ मेरो जनताको आँखा सामु छ।

रौतहटको सदरमुकाम गौर स्थित श्री जुद्द उच्च माध्यमिक विद्यालय छात्रावास भवन ठिकेदारको कारण अलपत्र ,सरुठा पुल ,जयनगर पुल,मिठुअवा पुल र लौकाहा पुल लोहा वाला लगायत माधव नेपालको साक्षी हो उनले बताए ।

 

असोज ११,१२ गतेको अविरल वर्षा पछि आएको बाढीले रौतहटको बागमती र लालबकैया नदीको पानी जिल्ला भरी पुर्याएको क्षती बारे समाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति रौतहटको आयोजनामा पत्रकार सम्मेलन पार्टी कार्यालय गौरमा भएको थियो।

नेकपा एसका केन्द्रिय नेता पूर्व माननीय सरला यादव,रेवन्त झा,नेकपा एस मधेश प्रदेश समिति सदस्य एवं गौर नगरपालिका मेयर शम्भु साह,पार्टी रौतहट जिल्ला अध्यक्ष कमल यादव र नेता बिरेन्द्र साह लगायत नेताकार्यकर्ताहरु उपस्तिथि थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय