बाढ़ीले भत्काएर अवरोध भएका क्षेत्र भरिका बाटो सुधार गर्न आफु तत्पर-माननीय किरण साह

पछिल्लाे समाचार

आरएन पटेल

रौतहट, असोज १८गते ।रौतहट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बाढ़ीले भत्काएर अवरोध बनाएका क्षेत्र भरिका बाटो सुधार गर्ने कार्य सुरु भएको छ । बितेको ३ दिनसम्म भएको अबिरल वर्षा तथा बाढ़ीले प्रभावित भई क्षेत्र नं २ अन्तर्गतका बाढ़ीले भत्काएर अवरोध बनाएका सम्पूर्ण बाटोहरूको मरम्मत कार्य सुरु गरि पुनः सुचारू गर्न रौतहट क्षेत्र नं. २ का संघीय सांसद माननीय किरण कुमार साह अग्रसर देखिएका छन ।

हिन्दू धर्मावलम्बीहरुको महान पर्व बिजयादशमीको पहिलो दिन घटस्थापना अर्थात कलश यात्रालाई प्रभावित पार्ने बौधिमाई नगरपालिका वडा नम्बर २ इनर्वामा रहेको लालबकैया नदिको पुल सँगै जोडिएको इनर्वा – देवाही जोड़ने बाटो भीषण बाढ़ीले करिब २०० मिटर भत्काएको हुदा श्रद्धालु भक्तजन लगायत सर्वसाधारणहरुलाई आवतजावत गर्न ठुलो समस्या भएकाले उक्त बाटोलाई सांसद साहको निगरानीमा मरम्मत सम्हार कार्य सम्पन्न भएको हो । बिहीबार कलश यात्रालाई लक्षित गर्दै JCB सहितको टोलीद्वारा सांसद साहले आफै करिब ८ घण्टासम्म निरन्तर रुपमा खटेर बाटो सुचारू गराएका हुन ।

बुधवार अबेला राति बौधिमाई नपा -२ इनर्वाका केहि स्थानीयबासिहरुले फोन मार्फत बाटो सम्बन्धी समस्या बताउदा रातिको करिब ११ बजेको समयमा आफु स्थलगत निरीक्षण गर्न पुग्दा बाढ़ीले भत्काएको बाटो अवरोध हुदा आवतजावत गर्ने सम्पूर्ण जनसमुदाय लगायत स्थानीयहरुलाई कठिनाई भइरहेको समस्या समाधान गर्न तुरुन्तै मरम्मत कार्य गर्नुपर्ने आवश्यक बुझेर उक्त कार्य सुचारू गराएको उनले बताए । साथै आफ्ना निर्वाचन क्षेत्र भित्र त्यस्ता बाढ़ीले प्रभावित बाटोघाटोको अवस्था जीर्ण भएमा तुरुन्तै आफुलाई सम्पर्क गरि जानकारी गराउनु हुन अनुरोध समेत गरेका छन।

वास्तवमा यो कार्य स्थानीय सरकारको रहेको बताउदै बौधिमाईका स्थानीयहरुले नगर प्रमुखलाई पटक पटक गुनासो गर्दा कुनै सुनवाई नगरेको आपत्ति जनाएपछि आफु क्षेत्रबासिको सुख दुःखमा निरन्तर साथ दिने चुनावी प्रतिवद्धता अनुसार उक्त कार्यलाई निजी रुपमा JCB ल्याएर बाटो मरम्मतको कार्य सम्पन्न गरेको बताए ।

स्थानीय सरकारसंग आवश्यक सम्पूर्ण जनशक्ति सहित स्रोत साधन र सम्पूर्ण अधिकार भएपनि यस्ता साधारण समस्याहरु पनि समाधान गर्न नसक्नु लजास्पद कुरा रहेको उनले सामाजिक सञ्जालको एक विडियो मार्फत बताएका छन । आफु गर्न चाहे कुनै पनि कार्य असम्भ नभएको बताउदै स्थानीय सरकारले कुनै चासो नलिदा सर्वसाधारण मारमा पर्ने बताउनु भएको छ ।उहाँले गरेको यो सराहनीय कार्यलाई स्थानीय बौधिमाई बासिहरुले खुलेर प्रशंसा गर्नुको साथै वडा नं. २ का वडा अध्यक्ष सहित यहाँका नेता कार्यकर्ताहरु तथा सर्वसाधारणहरुले सहयोग गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय