हिन्दु जागरण अभियान बृहत् मोटरसाइकल रैलीमा हजारौं सहभागी

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,१८ असोज ।रौतहटमा हिन्दु जागरण अभियान बृहत् मोटरसाइकल रैली हिन्दु सम्राट सेना नेपाल रौतहटको आयोजना भव्य सभव्य रुपमा निकालिएको छ।हिन्दु सम्राट सेना नेपाल रौतहटको अध्यक्ष राजभुषण श्रीवास्तवको नेतृत्वमा गरुडा देखि गौर सम्म बृहत् मोटरसाइकल रैली १०००हजारको मोटरसाइकल संख्यामा निकालिएको हो।

दशैंको अवसर पारेर रौतहटको मध्यभागमा रहेको गरुडाको चिनी मिल्सको प्रांगणमा असोज १८ गते विहान गोलबन्द हुने स्थान तोकेर सम्पूर्ण सनातनीहरुलाई आ आफ्नो मोटरसाइकल ,सवारी साधन लिएर बृहत् मोटरसाइकल रैली सफल बनाउन हार्दिक अपिल गरिएको रैलीका प्रवक्ता पत्रकार अरविन्द कुमार यादवले बताए ।

हिन्दु सम्राट सेना नेपाल रौतहटको अनुरोधलाई सम्पुर्ण हिन्दु संघसंगठनहरुले हिन्दु जागरण अभियानमा बृहत् मोटरसाइकल रैलीको सहयोग र सहकार्य गरेर सफल बनाएको हो।

बृहत् मोटरसाइकल रैली रौतहट क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य मा.किरण साहको प्रमुख अतिथ्यमा गरुडा देखि गौर हाइवे सडक भएर गौर बजार परिक्रमा गरि कोण सभा गुप्ता पेट्रोल चौक नजिक भएको थियो।

नेकपा एमाले सांसद किरण साहले हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग गर्दै भने यो गठबन्धनको सरकार संविधान संशोधन गर्ने सम्झौता गरेको हुनाले चाडै संसदमा धर्म निर्पेक्ष हटाएर हिन्दु राष्ट्र घोषणाको आवाज उठाउने उनले दावी गरे।बौविद कार्यक्रममा सहभागिता जनाई देश व्यापी हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग गर्दै आइरहेको जानकारी दिए।यस्तै सम्पूर्ण सनातनी युवाहरुको साथ सहयोग चाहिएको हिन्दु राष्ट्र घोषना गराउने अगामी दिनमा अग्रनी नेतृत्व लिएर बढने उनले भने।

यस कार्यक्रममा हिन्दु सम्राट सेना नेपाल केन्द्रिय अध्यक्ष ,उपाध्यक्ष ,हिन्दु संघसंगठनका अध्यक्ष सत्येन्द्र सिंह, रामाधार यादव र त्रिभुवन ओझा लगायत सनातनी र विशेष सहयोगी पत्रकार अभिमनु पटेल सहित संचारकर्मी रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय