गौर-मधेशी क्रान्ती चौक घणटघरको दुर्गा मूर्ति विसर्जन

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२८ असोज । रौतहटको सदरमुकाम गौर मधेशी क्रान्ती चौकको दुर्गा मुर्ती विसर्जन भएको हो।बडादसैँको अवसरमा यहाँको गौर नगरपालिका–५ मधेशी क्रान्ती चौक चौक घणटघरका दुर्गा भवानीको मूर्ति आज छठ घाट पोखरी मा विसर्जन गरिएको छ ।

दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई गौरको पोखरीमा सेलाइएको श्री दुर्गा पूजा समिति घणटघरका अध्यक्ष देवेन्द्र अधिकारीले जानकारी दिए ।

मधेशी क्रान्ती घणटघर चौकबाट छट्टाछुट्टै ट्याक्टरमा राखी सबै मूर्तिलाई अस्पताल चौक , अदालत चोक, धर्कन चोक,नेपाल लैज चौक , नाइट बस काउण्टर्चौक , भन्सार चोक हुँदै नगर परिक्रमा गरी पोखरीमा पुर्‍याइ सेलाइएको हो

बडादसैँको दश दिनसम्म पूजाअर्चना गरिएको मातादुर्गा भवानीसहित सबै देवीदेवतालाई आज बिहान पुनः पण्डित र पूजाकर्ताले विशेष पूजाअर्चना गर्दै दुर्गा पूजा विसर्जन गरेका थिए ।

श्री दुर्गापुजा समिती मधेसी क्रान्ति घणटघर चौक को अध्यक्ष आदरणीय देवी अधिकारी ज्युको अध्यक्षतामा शान्ती वातावरणमा विसर्जन कार्यक्रम सम्पन्न भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय